धरान: मेयर हर्क साम्पाङको पहलमा धरानको विकट रहेको वडा २० मा घुम्ती विद्युत महशुल काउन्टर स्थापना भएको छ । 

वडा नम्बर २० को कार्यालयमा खुलेको काउन्टरको सोमबार मेयर साम्पाङ र प्राधिकरणका प्रादेशिक निर्देशक उमेशकुमार झाले संयुक्तरुपमा उद्घाटन गरेका छन् । काउन्टर उद्घाटन भएपछि विल तिर्ने पहिलो ग्राहक स्थानीय निरकुमार राईलाई खादा लगाएर सम्मान पनि गरिएको थियो । काउन्टर वडा कार्यालयमै खुलेकोमा ग्राहक राईले खुशी व्यक्त गरे । 

काउन्टर हाल आइतबार र बुधबार मात्र खुल्ने भएकोले घुम्ती काउन्टर भनिएको हो । ती दुई दिन बिहान ९ देखि दिउँसो २ बजेसम्म सेवा उपलब्ध हुने प्राधिकरणले जनाएको छ । मेयर साम्पाङले जनताको हकअधिकार, सेवा सुविधाको लागी आफुले निरन्तर ताकेता गर्ने र केही पिरो हुने गरि बोल्ने गरेको बताए । उनले आफ्नो ध्यान वडा नम्बर २०, वडा ४ जस्ता दुर्गम क्षेत्रको विकासमा रहेको पनि बताए । विद्युत काउन्टर साताको २ दिन मात्र खुल्दा पनि वडा २० का जनता विल तिर्न धरान बजार नै पुग्नुपर्ने बाध्यता हटेको पनि उनले बताए । 

भिडियो:

प्राधिकरणका निर्देशक झाले मेयर साम्पाङले निरन्तर पहल गरेको भन्दै खुशी व्यक्त गरे । उनले ग्राहकहरुलाई थप सुविधा दिन महिनाको एक दिन काउन्टरबाट नै मिटर वितरण गने व्यवस्था गर्न धरान वितरण केन्द्रलाई निर्देशन पनि दिए । वडा २० का अध्यक्ष पदम लिम्बुले काउन्टर खुलेपछि विजुलीको विल तिर्नकै लागी आफ्नो वडाका बासिन्दाहरु महशुल भन्दा दोब्बर, तेब्बर खर्च गरेर धरान बजार जानुपर्ने बाध्यता हटेको बताए । वितरण केन्द्रका प्रमुख साजन महर्जनले भविष्यमा घुम्ती शब्द हटाएर सबै दिन सेवा दिइने बताए । साथै उनले सोही काउन्टरबाट मिटर वितरण, मर्मतसम्भार, मिटरको गुनासो सुन्ने लगायत सेवा पनि उपलब्ध गराउने बताए । 

वडा नं २० धरानको पहाडी क्षेत्र भएको दुर्गम वडा हो । साविक विष्णुपादुका गाविस धरान नगरपालिकामा समायोजन गरेर एकैपटक उपमहानगरपालिका बनेपनि यहाँका बासिन्दाहरु.सडक, पानी, विजुलीलगायत पुर्वाधार तथा सेवासुविधाबाट बञ्चित छन् । यहाँ हाल एक किलोमिटर हाराहारीमा मात्र सडक कालोपत्रे भएको छ । 

bijule counter1

bijule counter2

bijule counter3

bijule counter4

bijule