धरान: पुर्वखेलाडी बिक्रम राईको स्मृतिमा बुधबारदेखि धरानमा तेस्रो भेट्रान फुटबल प्रतियोगिता शुरु भएको छ । 

धरान १६ स्थित रंगशालामा बुधबार उपमेयर अइन्द्रबिक्रम बेघाले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लब विराटनगरलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउदै हाम्रो धरान भेट्रान क्लबले विजयी शुरुवात गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो । 

veteran1

टाइब्रेकरमा हाम्रो धरान भेट्रानका खेलाडीहरु अशोक राई, योगेन राई, सन्तोष सुब्बा लिम्बु, राकेश राई र लक्ष्मी याक्खाले गोल गरेका थिए । युनाइटेडबाट भने महेन्द्र खवास, डम्बर राई, निर्मल खड्का सुरेश अधिकारीले मात्र गोल भने देवेन्द्र एम.एस.बस्नेतको प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ दि म्याच धरानका लक्ष्मी याक्खा घोषित भएका थिए । 

भिडियो: