धरान: खानेपानीको अभाव भोगीरहेका धरान १७ पटनालीबासीहरुको लागी बोरिङ गरेर पिउने पानी निकालिएको छ । 

विगतमा गोर्खा वेल्फेयरले डिप बोरिङ गरेर बीचमै छोडेको ठाउँबाट अहिले पुनः पानी निकालिएको हो । ग्रामिण क्षेत्रमा मात्र लगानी गर्ने वेल्फेयरले विष्णुपादुका गाविस धरानमा गाँभिएर उपमहानगरपालिका बनेपछि उक्त बोरिङको काम बिचैमा छोडेको स्थानीयहरु बताउँछन् । यद्यपी, त्यसबेला वेल्फेयरले पनि पानी निकालेको नन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष नरेन्द्र गिरीले बताए । 

boring-patnali1

समितिका अनुसार हाल पटनाली खोला र अन्य खोलाबाट पानी संकलन गरेर वितरण भइरहेको छ । करिब ४ सय घरधुरी छन् । यो बोरिङको पानी सफलतापुर्वक आपूर्ति हुन सके धेरै राहत मिल्ने पनि उपभोक्ता समितिले जनाएको छ । वेल्फेयरले लगानी गरेको बोरिङमा हाल इटहरीस्थित खानेपानी भिडिजन कार्यालयबाट पुनः लगानी गरेर पानी परिक्षण गरिएको हो । उक्त स्थानमा बुधबार अनुगमनको क्रममा धरानका उपमेयर अइन्द्रबिक्रम बेघा पुगेका थिए । स्थानीयबासी तथा उपभोक्ता समितिले विजुलीको मिटर व्यवस्था गरिदिन बेघासँग माग गरेका थिए । बेघाले पनि व्यवस्थापन गर्न सहयोग गर्ने बताएका थिए । 

भिडियो: