धरान: सार्वजनिक जग्गा अतिक्रमण गरि धरान १७ स्थित सर्दु खोला किनारमा निर्माण गरिएको घर, टहरालाई उपमहानगरपालिकाले भत्काएर खाली गरेको छ । 

आज बिहान नगर प्रहरी, जनपद प्रहरी, सशस्त्र र वन कार्यालयसमेतको सहकार्यमा अतिक्रमित क्षेत्र खाली गरिएको हो । उपमहानगरपालिकाको डोजरसमेत गएर पक्की संरचना भत्काएको थियो । घरटहरा बनेको देखिएपछि जग्गाको स्वामित्व भएको प्रमाण पेश गर्न सुचना जारी गर्दा पनि नआएको र मालपोत, नापीमा गएर बुझ्दा सार्वजनिक जग्गा अतिक्रमण गरिएको पाइएपछि भत्काइएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । 

sardu dojar1

अतिक्रमण हटाउन विष्णुपादुका सबडिभिजन वन कार्यालयका प्रमुख बिक्रम आमात्यसहितको टोली पनि पुगेको थियो । सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउन स्थानीय तहसँग समन्वय गरेर संयुक्त अप्रेशन गरिएको पनि उनले बताए । भुमाफियाले मालपोत, नापी कार्यालय मिलेमतो गरेर यो क्षेत्रको ३ कट्ठा नम्बरी जग्गामा १९ कट्ठा सार्वजनिक जग्गा नरबढी कायम गरेर २२ कट्ठा बनाएर बेचबिखच गरेको थियो । यो बिषयमा सार्वजनिक भएपछि अख्तियारले छानबिन पनि थालेपछि मालपोतले स्रेस्ता बदर गरेको थियो । स्रेस्ता बदर भएपनि नरबढी गरिएको १९ कट्ठा पुनः सार्वजनिक जग्गा भएको थियो । अहिले सोही क्षेत्रको जग्गामा अतिक्रमण भएको थियो । 

भिडियो:

भिडियो: