धरान: शनिबारदेखि धारनमा आठौ बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प सुरु भएको छ ।

भर्खरै एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरुलाइ लक्षित गरि ट्यालेन्ट हन्ट शुरु भएको हो । धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग र धरान उपमहानगरपालिकाको संयोजन रहेको क्याम्पमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट करिब ५० जना विद्यार्थीहरु सहभागी छन् । ट्यालेन्ट हन्ट तीन सातासम्म चल्ने छ ।

एसईइ दिएर बसेकाहरुलाइ भने विद्यार्थीको क्षमता आनुसार रिजल्ट नआइन्जेलसम्म संघले निरन्तर प्रशिक्षण दिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले जानकारी दिए । ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट बिद्यार्थीलाई विद्यार्थीको इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने समेत उनले बताए । संघले अहिलेसम्म सय भन्दा बढी विद्यार्थीहरुलाइअ छात्रवृत्तिमा सिफारिस गरिसकेको छ ।  

basket close

 धरान १६, रंगशालास्थित इन्डोर बास्केटबल कोर्टमा शनिबार क्याम्पको उद्घाटन संघका अध्यक्ष सुवेदीले प्रशिक्षकहरुलाइ बल प्रदान गरेर भएको थियो । उद्घाटन कार्यक्रममा धरान १८ स्थित कार्मेल हाइ स्कुलका तर्फबाट ट्यालेन्ट हन्ट कार्यक्रमलाई नगद ५ हजार प्रदान गरिएको थियो । उक्त सहयोग रकम स्कुलका संचालक दोर्चु शेर्पाले संघका अध्यक्ष सुवेदीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा युवा नेता एव अग्रज पत्रकार भिम ज्वाला राई, धरान बास्केटबल संघका कोषाध्यक्ष गौरबमान श्रेष्ठ, धरान १९ का वडा सदस्य लोकेन्द्र राई लगायतको उपस्थिति रहेको थियो । 

ट्यालेन्ट हन्टमा सहभागीहरुलाई राष्ट्रिय प्रशिक्षक बिकाश चाम्लिङ राई र उनका सहयोगीहरु प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा. आशा राइ, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन् । प्रशिक्षण बिहान ६ बजे देखि ८ बजेसम्म चल्नेछ ।

basket close1