धरान: खानेपानी नआएको भन्दै सोमबार धरानको वडा नं ९ का अध्यक्ष रुपेश आचार्यसहित वडाबासीहरु समस्या सुनाउन मेयर हर्क साम्पाङलाई भेट्न गएका थिए ।

वडाबासीहरुले खानेपानी बोर्डले तालिका बनाएको समयमा पनि पानी नआएको भन्दै मेयर साम्पाङलाई भल्व अपरेटरहरुलाई निर्देशन दिन आग्रह गरेका थिए । मेयरले पनि अपरेटरहरुलाई निर्देशन दिने आश्वासन दिएका थिए । वडाअध्यक्ष आचार्यले मेयर साम्पाङसँगको छलफलबारे वडाबासीहरुलाई भने,‘कर्मचारीहरुलाई निर्देशन दिन्छु भन्नुभएकोछ । पानी आउछ भन्ने आशा छ ।’

वडा नं ९ को गौतमपथ, पुर्णपथ, आचार्यलाइन, बगैचालाइन, पुतलीलाइन, कडर्भहल सबैतिर नै पानीको हाहाकार भएको पनि वडाअध्यक्ष आचार्यले बताए । कही आधा घण्टा पानी आउने तर कही ५, १० मिनेट पनि नआएपछि मेयर साम्पाङलाई भेट्न आउन बाध्य भएको पनि उनले बताए । ‘पानीको अभाव अति नै भयो, थेग्नै नसक्ने भएर मात्र आएका हौं,’उनले भने । 

wada 9

पानी आउने समय तोकेपछि सोही अनुसार पानी वितरण हुनुपर्ने वडाबासीहरुले माग गरेका छन् । कतिपय क्षेत्रमा राती १२, १ बजेको पानी आउने पालो भएकोले नसुति बसेपनि पानी नआउदा मर्का भएको उनीहरुको भनाई छ । ‘राती १२, १ बजे पानी आउछ, सुत्नै पाइदैन । तर पालोको बेला पनि पानी किन दिइदैन ?’ स्थानीयले आक्रोश पोखे ।

धरान खानेपानी व्यवस्थापन बोर्डका वितरण प्रमुख केवल ताम्राकारले अहिले खडेरीको कारण खोलामा पानी सुकेको र बोरिङको पानी लिफ्ट गर्दा पनि विजुली गइरहने भएकोले समस्या भएको बताए । उनले भने, ‘खोलामा पानी नै कम भएको छ । जंगलको पानी वितरण गर्न मोटर चलाउदा विजुली गइरहदा पनि समस्या भइरहेको छ ।’ उनका अनुसार विगतका बर्षहरुमा बर्षायाममा पनि पानी वितरण नहुने क्षेत्रमा यसपाली वितरण भइरहेको छ । त्यसले गर्दा पनि माग वमोजिम पानी अपुग भएको हो । 

भिडियो: