धरान: विकास निर्माण कार्यको गुणस्तर परिक्षण गर्न धरान उपमहानगरपालिकामै सिभिल इञ्जिनियरिङको ल्याब स्थापना गरेको छ । 

भौतिक पुर्वाधार निर्माणको काम गुणस्तर परिक्षण प्रत्यक्ष आफ्नै निगरानीमा हुँदा विश्वसनियता बढ्ने महशुस गरेर उपमहानगरपालिका आफैले ल्याब स्थापना गरेको हो । ल्याबमा आवश्यक थुप्रै मेशिन तथा सामानहरु आइसकेको र केही सामान आउन बाँकी रहेको योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले बताए । उनले भने,‘सडकको पिच, ढलाई, गिट्टीबालुकाको काम भइरहेको हुन्छ । ती सबैको परिक्षण अब यहीँ हुन्छ ।’

ईञ्जिनियर श्रेष्ठका अनुसार अलकत्राको लचकता कस्तो छ भनेर जाँच पनि अब धरानमै हुन्छ । यस्तै, अस्फाल्ट तथा अलकत्र प्रयोग गर्दा मापदण्ड वमोजिमको तापक्रममा छ कि छैन भनेर जाँच गर्ने थर्मोमिटर पनि ल्याबमा उपलब्ध रहेको छ । ‘नमुना ल्याएर परिक्षण गरिन्छ । पहिला इटहरी, दुहबी, विराटनगर पठाउन झञ्झट हुन्थ्यो,’उनले भने,‘अब प्रत्यक्ष निगरानीमा परिक्षण हुन्छ, र विश्वास्नीयता पनि बढ्छ ।’

civil lab1

अनुगमन समितिका संयोजक तथा उपमेयर अइन्द्र बिक्रम बेघाका अनुसार धरानमा भइरहेको भौतिक पुर्वाधारहरुको प्राविधिक परिक्षण गर्ने व्यवस्था आफैले नै गर्नु उचित देखिएकोले ल्याब नै स्थापना गरिएको हो । धरानमा उपभोक्ता समिति, वडा कार्यालय वा नगरपालिकाको विकासे योजनाहरु उक्त ल्याबबाट प्रामाणिकरण भएपछि मात्र भुक्तानी हुने पनि उनले बताए । ‘पहिला नमुना परिक्षणको लागि अरुतिरै पठाउनुपथ्र्यो, त्यसले धेरै दुःख पाइयो,’उपमेयर बेघाले भने,‘अब आफ्नै ल्याब हुँदा गुणस्तर परिक्षण छिटोछरितो हुन्छ ।’

भिडियो: