धरान: कोकाहा खानेपानी योजनालाई बेलायतबाट ठुलो आर्थिक सहयोग आएको छ । 

हर्क साम्पाङ सहयोग अभियान समिति युकेले कोकाहा खानेपानी योजनालाई २३ लाख ९० हजार २३५ रुपैया सहयोग गरेको हो । समितिले पठाएको उक्त रकमको डमी चेक शनिबार मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको थियो । 

यो समितिले यसअघि पनि निशाने ट्यांकी निर्माणको लागि ५८ हजार ७६ हजार ५३२ रुपैया सहयोग गरेको थियो भने सेउतीमा निर्माण भइरहेको धन्यवाद ट्यांकीको लागि १७ लाख ६७ हजार ४९७ रुपैया सहयोग गरिसकेको थियो । मेयर साम्पाङले समितिलाई बिशेष धन्यवाद दिएका थिए । 

कटहरेमा श्रमदाताको घुँइचो

katahare shram2

आज शनिबार बराहक्षेत्र नगरपालिकाको वडा नं १ स्थित कटहरेमा श्रमदान भएको थियो । श्रमदानमा हजारौं श्रमदाताहरुको घुँइचो लागेको थियो । केही दिनदेखि धरान र बराहक्षेत्र नगरपालिकाबीच समन्वय विना कोकाहाको पानी ल्याएको बिषयमा ससमझादरी भइरहेको थियो भने सिमाना विवादले पनि उग्ररुप लिएको थियो ।

katahare shram4

यस्तै, धरानमै पनि वडाअध्यक्ष र मेयरबीच, मेयर र राजनीतिक दलहरुबीच विवाद, आरोप प्रत्यारोपले उग्ररुप लिएको थियो । इटहरी उपमहानगरसँगको सिमाना विवादले पनि सामाजिक सञ्जाल तातिएको थियो ।

विवादै विवाद भइरहदा शनिबारको श्रमदान प्रभावित हुने हो कि भन्ने आशंकाबीच पनि श्रमदाताहरु विगतको भन्दा बढी उपस्थित भएका थिए । कटहरेमा पाइप बोक्न श्रमदाताहरुको थामिनसक्नु भीड लागेको थियो । श्रमदाताहरुलाई टेन्ट व्यवसायी समाज धरानले निःशुल्क खाना खुवाएका थिए । 

भिडियो:

भिडियो:

भिडियो: