धरान: धर्मशालामा जर्बजस्ती करणी गरेपश्चात हत्या गरेर फरार भएका २ जनालाई धरान प्रहरीले १६ बर्षपछि पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका २ जनालाई आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालका १ धाम बस्ने ५६ बर्षीय चन्द्रबहादुर राई र ४४ बर्षीय कल्पन राई रहेका छन् । डिएसपी नवराज मल्लका अनुसार २०६४ मंसिर २३ गते साँझ पौने ६ बजे साविक धरान १२ महेन्द्रपथस्थित बलभद्रेश्वर धर्मशालाको कोठा नं २१८ मा २५ बर्षीय ललिता राईको शव फेला परेको थियो । उनको मुख तथा योनीबाट रगत निस्किएको र शव दुर्गन्धित अवस्थामा भेटिएको थियो ।

तत्कालिन समयमा घटनामा संलग्नहरुको पहिचान हुन नसक्दा किटानी जाहेरी पनि परेको थिएन । अनुसन्धान पुरा हुन नसकेको पुराना अपराधका घटनाहरुलाई पुनः सुक्ष्म अनुसन्धान, मृतकका आफन्तहरुसँगको निरन्तर समन्वयबाट आशंका गरिएका व्यक्तिहरुलाई १६ बर्षपछि पक्राउ गर्न सफल भएको डिएसपी मल्लले जानकारी दिए । 

police

प्रहरीका अनुसार चन्द्रबहादुर राईले २०६४ मंसिर १९ गते मृतक ललितालाई ल्याएर धर्मशालामा राखेका थिए । उक्त कोठामा चन्द्रबहादुर र अर्का कल्पन राईले पनि ललितालाई पालैपालो पटक पटक जर्बजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले बताए । करणी पश्चात उनीहरुले घाँटी थिचेर हत्या गरेको र लाश कोठामा नै छोडेर फरार भएको उनीहरुले स्वीकार गरेको पनि डिएसपी मल्लले जानकारी दिए । पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता २०७४ को कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

भिडियो: