धरान: पत्रकार प्रदीप मेन्याङ्बोलाई प्रदेश सरकारले नगद १ लाख राशीसहित प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । 

गणतन्त्र दिवसको अवसरमा आज (सोमबार) प्रदेश सरकारले पत्रकार मेन्याङ्बोलाई प्रादेशिक पुरस्कार प्रदान गरेको हो । प्रदेश राजधानी विराटनगरमा आयोजित बिशेष समारोहमा मुख्यमन्त्री हिक्मत कार्कीले पत्रकार मेन्याङ्बोलाई पुरस्कार प्रदान गरेका थिए । पत्रकार मेन्याङ्बो हाल कान्तिपुर दैनिकमा आवद्ध छन् ।