धरान: सचेत धराने समुहले धरान १३ स्थित सर्दु खोला किनारमा रक गार्डेन बनाइरहेको छ । 

मेयर हर्क साम्पाङले अव्यवस्थित खाजा पसलहरुलाई वेलकम ट्रस बनाएर ओशो आश्रम नजिकै स्थानान्तरण गरेपछि सर्दु किनारको जग्गा खाली भएको थियो । सोही जग्गामा सचेत धराने समुहले रक गार्डेन बनाइरहेको छ । पुर्वब्रिटिश आर्मी गोपाल राईको परिकल्पना वमोजिम विभिन्न संरचनाहरु निर्माण भइरहेको छ । सचेत धरानेका सदस्यहरुले हरेक सोमबार, बुधबार र शुक्रबार श्रमदान गरेर निर्माण कार्य गरिरहेका छन् ।

यो रकम गार्डेन निर्माण कार्य नसकिदै चर्चित भइसकेको छ । घुम्न आउनेहरुलाई बस्ने बेञ्चदेखि गार्डरुम बनाउन र फुलका विरुवाहरु पनि देशविदेशबाट सहयोग पनि आइरहेको छ । निर्माणकै चरणमा रहेपनि घुम्न आउनेहरु मात्र होइन, विभिन्न शैक्षिक संस्थाहरुले पनि आफ्ना विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराउन रक गार्डेनमा ल्याउने गरेका छन् ।

भिडियो:

बिहिबार पनि धरान ११ शान्ति चोकस्थित एप्पल मन्टेश्वरीले आफ्ना विद्यार्थीहरुलाई उक्त रक गार्डेनमा अवलोकन गराएका थिए । त्यसक्रममा विद्यार्थीहरुले विरुवा पनि ल्याएर रोपेका थिए । प्रिन्सिपल जुली लिम्बुका अनुसार मन्टेश्वरीमा बोटनी थिममा अध्ययन भइरहेको कारण वातावरण तथा विरुवाहरुको बारेमा ज्ञान दिलाउन रक गार्डेनमा विद्यार्थीहरुलाई ल्याएको बताइन् । उनले भनिन्,‘वातावरणको लागि वृक्षारोपण गर्न महत्वपुर्ण छ भन्ने ज्ञान दिनको लागि पनि ल्याएका हौं । प्रकृतिबारे पनि धेरै ज्ञान पाउछन् ।’

rock garden3

rock garden1

rock garden2

rock1

rock garden5