धरान: गर्मीको कारण धरानका विद्यालयहरुमा दिइएको विदा २ दिन थपिएको छ ।

धरान उपमहानगरपालिकाका शिक्षा महाशाखाका अनुसार जेठ २५ र २६ गते थप २ दिन विदा दिने निर्णय गरिएको हो । यसअघि जेठ १८ गतेदेखि २४ गतेसम्म विदा दिइएको थियो । गर्मी कम नभएको र विद्यालयहरुबाट पनि बिशेष अनुरोध भएकोले थप २ दिन विदा दिने निर्णय भएको शिक्षा महशाखा प्रमुख गणेशप्रसाद खतिवडाले जानकारी दिए । 

उनले भने,‘गर्मी पनि कम भएको छैन, र बिशेष अनुरोध पनि भयो । त्यसैले २५ र २६ गते पनि विदा दिइएको छ । २७ गते शनिबार पर्छ । यो बीचमा केही परिवर्तन होला कि भन्ने आशा छ ।’ यो निर्णय धरानका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा लागु हुनेछ । हिउँदे र बर्षे विदाबाट मिलान हुने गरि विद्यालयहरुमा विदा दिइएको हो । करिब एक सातादेखि नेपालमा अत्यधिक गर्मी बढेकोले जनजीवन प्रभावित छ ।

school bida 1