धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जंगलमा आफ्नै वेल, रिजर्ब वेयर र पााइपलाइन भएपनि सञ्चालन भने खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको छ ।

प्रतिषठन र खानेपानी व्यवस्थापन बोर्डबीच दैनिक १५ लाख लिटर पानी उपलब्ध गराउने र त्यसवापत बार्षिक ८२ लाख रुपैया बोर्डलाई उपलब्ध गराउने लिखित सम्झौता छ । प्रतिष्ठानमा सामान्यतया दैनिक ४० लाख लिटर पानीको माग छ । तर, सुक्खा याममा पानीको स्रोत सुक्ने भएकोले हस्पिटल सेवा, आवास र होस्टलमा गरि कम्तीमा २० लाख लिटर पानी उपलब्ध भए सहज हुने प्रतिष्ठानको भनाई छ ।

करिब दुई सातायता भने प्रतिष्ठानमा खानेपानीको चरम अभाव छ । यसले गर्दा आवास र होस्टल क्षेत्रमा मात्र होइन, हस्पिटल सेवा पनि अवरोध हुने स्थितिमा पुगेको छ । पानी अभावकै कारण प्रतिष्ठानले स्नातक तहका विद्यार्थीहरुलाई एक साता विदा दिएर घर पठाइसकेको छ भने चिकित्सक शिक्षकहरुले पनि पानी उपलब्ध हुन नसके सामुहिक विदा दिनुपर्ने माग गरिसकेको छ । 

bp student1 copy

चारकोशे जंगलमा प्रतिष्ठानको २ वटा वेल छ । त्यसबाहेक शिवजट्टा र भालुखोलाको पनि पानी प्रतिष्ठानले उपभोग गर्दै आएको छ । यस्तै, धरान १० स्वास्तिका चोकमा पनि प्रतिष्ठानको ५ लाख लिटरको एउटा छुट्टै रिजर्ब वेयर छ । बर्षाको बेलामा शिवज्टा र भालुखोलाबाट नै १५ लाख लिटर बढी पानी उपलब्ध भएपनि अहिले खडेरीको कारण ५ लाख लिटर पनि पानी पुग्न गाह्रो छ । यो बेला प्रतिष्ठान पुर्णरुपमा जंगलको वेलमा भर पर्छ । तर, प्रतिष्ठानको जंगलमा रहेको वेलको पम्प बिग्रिएको कारण पानीको चरम संकट शुरु भएको थियो । बिग्रेको पम्प मर्मत गरिए पनि पानी रिजर्ब वेयरसम्म बुष्ट हुन नसकेपछि समस्या ज्युँका त्युँ छ । 

प्रतिष्ठानमा खानेपानीको चरम संकट भएर उपचार सेवा पनि प्रभावित भएपनि खानेपानी व्यवस्थापन बोर्ड र त्यसका नेतृत्व (अध्यक्ष) मेयर हर्क साम्पाङको कडा आलोचना भइरहेको छ । चर्को आलोचना भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा आज (बुधबार) बिहानै मंगलबार २९ लाख लिटर पानी प्रतिष्ठानमा पठाएको उल्लेख गरेका छन् । मेयर साम्पाङले २९ लाख लिटर पानी पठाएको बताए पनि पानी नपाएको भन्दै विरोध र आलोचना जारी रहेपछि बुधबार दिउँसो धरान खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत मेयर साम्पाङले गठन गरेको अनुगमन समितिका तर्क मगरलगायत टिमले प्रतिष्ठानको खानेपानीको अवस्थाबारे अनुगमन गरेको थियो ।

madan saha

त्यसक्रममा प्रतिष्ठानका सिभिल इञ्जिनियर मदन साहका अनुसार मेयर साम्पाङले दाबी गरेअनुसार मंगलबार साँझ प्रतिष्ठानमा २९ लाख १ हजार लिटर पानी आएको थियो । उक्त पानी चारकोशे जंगलको सिस्टमबाट १५ लाख लिटर र स्वास्तिका चोकको ट्यांकीबाट १४ लाख १ हजार लिटर पानी प्राप्त भएको पनि उनले जानकारी दिए । उक्त पानी बुधबार हस्पिटल र आवास क्षेत्रमा वितरण हुँदा धेरै राहत मिलेको पनि साहले बताए । 

मंगलबार २९ लाख लिटर पानी प्रतिष्ठानले प्राप्त गरेपनि त्यसअघिका दिनहरुमा भने न्युन मात्रामा पानी उपलब्ध भएको देखिन्छ । सोमबार (जेठ २२ मा) चारकोशे जंगलबाट १२ लाख लिटर र स्वास्तिका चोकबाट १ लाख ५ हजार गरि कुल १३ लाख ५ हजार लिटर मात्र पानी प्रतिष्ठानले पाएको देखिन्छ । 

tarka

आइतबार (जेठ २१) कुल ९ लाख मात्र, शनिबार (जेठ २०) कुल १० लाख लिटर, शुक्रबार (जेठ १९) मा ११ लाख लिटर, बिहिबार (जेठ १८) १२ लाख लिटर, बुधबार (जेठ १७) ११ लाख लिटर, मंगलबार (जेठ १६) १० लाख लिटर, सोमबार (जेठ १५) ८ लाख लिटर, आइतबार (जेठ १४) मा ९ लाख लिटर मात्र पानी प्रतिष्ठानले पाएको देखिन्छ । ‘अहिले हामीलाई २० लाख लिटर जति पानी भयो भने हस्पिटल चलाउन र आवास क्षेत्रको लागि जेनतेन पुग्छ । तर, यति पनि पानी नपाउदा ज्यादै गाह्रो भइरहेको छ,’प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.इन्द्र लिम्बुले भने,‘मंगलबार २९ लाख लिटर पानी आएकोले आज (बुधबार) धेरै राहत मिलेको छ । अब भोली फेरि के हुने हो हेरौं ।’

bp water recod copy

भिडियो: