धरान: दोस्रो राष्ट्रिय कुराँस प्रतियोगिता २०८० आईतबार धरानमा सम्पन्न भएको छ । 

धरान १३ स्थित अमर सेवा समाजको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा १२ स्वर्ण पदक जितेको लुम्बिनी प्रदेश प्रथम भएको छ । नेपाल आर्मीले ४ स्वर्ण पदक ल्याएर दोस्रो भयो भने सुदुरपश्चिम प्रदेश ३ स्वर्ण जितदै तेस्रो भयो । प्रथम भएको लुम्बिनी प्रदेशले १२ वटा स्वर्ण पदक, ६ वटा रजत पदक र ९ वटा कास्य पदक जित्न सफल भएको छ । 

नेपाल आर्मीले ४ स्वर्ण पदक, ३ रजत जितेको छ भने सुदुरपश्चिमाञ्चल प्रदेश ३ स्वर्ण, १ रजत, ४ कास्य पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशले ३ रजत पदक र ४ कास्य पदक, बाग्मती प्रदेशले ५ रजत र ९ कास्य, मधेश प्रदेशले १ रजत, ५ कास्य र कोसी प्रदेशले मात्र ७ कास्य पदक जितेको छ । 

kuras2

शनिवार देखि शुरु भएको राष्ट्रिय प्रतियोगितामा लुम्बनी, सुदुरपश्चिम, गण्डकी, बाग्मती, मधेश र कोसी प्रदेशबाट खेलाडीहरुको सहगिता रहेको थियो । साथै नेपाल आर्मीबाट पनि प्रतियोगितामा प्रतिस्पर्धीको रुपमा रहेका थिए । प्रतियोगितामा महिला र पूरष गरि ४५ देखि ७३ केजीको वजनभारमा ३२ जना प्रतिस्पर्धा गरेका थिए भने जुनियर तर्फ २५ देखि ५० केजी सम्मका ४४ जनाको सहभागिता रहेको थियो ।

कुराँस खेल उज्बेकिस्तान देशको पारम्पारिक मार्सल आर्टको शैली हो । यो खेल यहि देशबाट शरु भएको जानकारी प्रशिक्षक रोशनी राईले बताईन । यो खेलको मान्यता १९८० देखि भएको उनले बताईन । यो खेलमा खेलाडीले आफनो प्रतिस्पर्धीलाई ग्राउडमा छिर्के लगाएर लडाउनु पर्ने हुन्छ । जसमा शरिरको तलको भाग कम्मर देखि तलको भाग समाउन मिल्दैन र किक पनि हान्न मिल्दैन । यो खेलको समय अवधि पूरुषको लागि ४ मिनेट र महिला खेलाडीको लागि ३ मिनेटको रहन्छ । 

kuras1

समापन समारोहका प्रमुख अतिथि एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्रि राजेन्द्र राईले कुराँस खेलको सम्भावना साथै यसको विकासका लागि सक्दो सहयोग गर्ने बताए । साथै कोसी प्रदेशका सांसद पनि रहेका उनले आफु पुनः मुख्यमन्त्रि बन्ने सम्भावना रहेकोले कुराँस खेल  र समग्र खेलकुदको विकासमा योगदान दिने पनि बताए ।

भिडियो: