धरान: गत फागुन २३ गतेदेखि शुरु भएको कोकाहा खानेपानी श्रमदान अभियानले गए मध्यराती कोकाहाको पानी पकुवा खोलामा झर्न सफल भएको थियो । अभियान शुरु भएको ९८ औं दिनमा कोकाहाको पानी पकुवामा खसेको खुशी मनाउन मंगलबार धरानबासीहरुको घुँइचो लाग्यो ।

कोकाहाको पानीलाई पवित्र मानिन्छ । सोही आस्थाको कारण पनि कोकाहाको पानीमा नुहाउन भन्दै वृद्धवृद्धाहरु पकुवा खोलामा पुगेका थिए भने नुहाउने मानिसहरुको पनि भिड लागेको थियो । नौमति बाजासहित नाचगान पनि भएको थियो । मेयर हर्क साम्पाङसँगै श्रमदान अभियानका अगुवाहरु पनि कोकाहाको पानीले नुहाएका थिए । 

kokaha click6

मेयर साम्पाङले सम्बोधन गर्दै विभिन्न घुम्तीहरुमा एयर लिक गर्दै अझै ठुलो प्रेसरमा पानी ल्याउने बताए । देशविदेशका दाताहरु, श्रमदानमा सहभागी संघसंसथा तथा व्यक्तिहरु सबैलाई उनले धन्यवाद दिएका थिए । धरानको श्रमअभियान सबै नेपालीको अभियान भएको धारणा राख्दै कतिपयले तुहाउन खोजेको पनि बताए । ‘धेरै चोटी रोक्न खोज्यो, विभिन्न जालसाज गरेर तुहाउन खोजियो, तर आँधीकोरुपमा हाम्रो श्रमदान अघि बढ्यो, र कसैले छेक्न सकेन,’उनले भने । 

भिडियो:

भिडियो:

भिडियो: