धरान: वीपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबार देखि सुरु भएको छ । 

स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबारदेखि बिपि प्रतिष्ठान इन्टर ब्याच बास्केटबल टुर्नामेन्ट सुरु भएको हो । बास्केटबल अन्तर्गत शनिबार भएको खेलमा महिला तर्फ डक्टर्स टिमले फस्ट इयर टिमलाइ १७-६, आयोजक ब्याच अवुदयले ब्याच २०२३  लाई २४-० अङ्कको अन्तरले पराजित गरेको छ ।

       यसैगरि सोही दिन दुई खेल खेलेका पुरुष तर्फ डक्टर्स टिमले ब्याच २०२३ टिमलाइ ४५-४ र  ब्याच २०२२ टिमलाइ ३९-८ अङ्कले पराजित गरेका छन । सनिबार साझ भएको अन्तिम खेलमा ब्याच २०१८ टिमले ब्याच २०२१ टिमलाइ १४-० अन्तरले पराजित गरे । 

basket1

स्पोर्ट्स फेस्ट अन्तर्गत क्रीकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड , अनलाइन गेम पबजी , सिओडी र फिफा गेम भइरहेको बिपि प्रतिष्ठान स्पोर्ट्स कमिटी सदस्य हार्दिक गोयलले जानकारी गराए । बास्केटबल खेलमा महिला र पुरुष तर्फ ६/६ टिम रहेको छ । बास्केटबल तर्फको फाइनल खेल भने बुधबार हुने गोयलले बताए । 

आजको खेल महिला तर्फ सेकेन्ड इयर विरुद्ध जुनियर फस्ट इयर  र सिनियर फस्ट इयर विरुद्ध फोर्थ इयर ब्याचले प्रतिश्पर्धा गर्नेछ । प्रतियोगितामा प्राबिधिक सहयोग धरान बास्केटबल संघको रहेको छ ।