धरान: आज असार १३ गते । बर्षाको समय छ । यो बेला खानेपानी अभाव भयो भन्नु पत्यार नलाग्न पनि सक्छ । तर, धरान ३ र ७ को सिमाना शान्तिपथबासीले भोगिरहेको यथार्थ हो ।

स्थानीयबासीका अनुसार धारामा पानी नआएपछि मेनलाइनबाटै मोटर जडान गरेर पानी तान्नुपर्ने बाध्यता छ । यो समस्या अहिलेको भने होइन । विगतका बर्षहरुदेखि नै भोग्दै आएको र अझै पनि समाधान हुन नसकेको उनीहरुले बताए । ‘पानीको एकदमै समस्या भयो । मोटरले तान्दा त आउदैन भने सिधै धारामा कसरी आउछ ?’ स्थानीय अनिल मास्केले भने,‘असारको बेला पनि यस्तो हालत छ ।’

स्थानीयका अनुसार वडा ३ र ७ का अध्यक्षहरुलाई पटक पटक समस्या सुनाए पनि समाधान भएको छैन । एक होटल सञ्चालकले दुई धारे, शिवधारातिरबाट पानी ल्याएर गुजारा चलाउनु परेको बताए । ‘होटलमा गाह्रक टोइलेट जादा पानी छैन भनेर भन्नुपरेको छ,’उनले भने,‘हामीलाई मोटरले तानेर खायो भन्छन्, तर यहाँको समस्या के हो भनेर बुझ्ने काम भएन ।’ स्थानीय महिलाहरुले मेयर हर्क साम्पाङले स्थलगतरुपमा नै आएर समस्या समाधान गरिदिन पनि आग्रह गरेका छन् ।

स्थानीय देवेन्द्र थेगिमले पानी आउने समयमा धारामा नआएपछि मोटरले तान्न बाध्य भएको बताउँछन् । मोटरले तान्दा पनि पानी नआउने उनले बताए । विगतमा डेढ डेढ इञ्चको पाइप अन्यत्र लगेपछि यो क्षेत्रमा पानी अभाव हुन थालेको उनले बताए । ‘बाटोमा मोटर तानेर खाइरहेको छ भन्ने देखिन्छ, तर हामी बाध्य छौं । ६ इञ्चको पाइपमा मात्र १ इञ्च पानी कुद्छ, अनि कसरी धारामा पानी आउछ ?’ उनले भने । वडा ३ का अध्यक्ष विद्या शाक्यले मेयर र राज पोखरेललाई पनि समस्या हल गर्न आग्रह गरेको तर समाधान नभएको बताए । उनले छिटो भन्दा छिटो व्यवस्थित गर्न पनि आग्रह गरे । 

भिडियो: