धरान: असार १५, राष्ट्रिय धान दिवस । किसानहरुको लागि बिशेष दिन । 

धरानमा पनि विगत ९ बर्षदेखि राष्ट्रिय धान दिवस धुमधामले मनाउने गरिएको छ । धरानको वडा नं ४, ५ र ६ मा खेतीयोग्य जमिन छ । वडा ५ र ६ पानवारीमा सहभागी कृषि सहकारी संस्थाले हरेक बर्ष राष्ट्रिय धान दिवसमा वृहत कार्यक्रम गर्ने गरेको छ । यसपाली पनि शुक्रबार धुमधामले धान दिवस मनाइएको थियो ।

भिडियो:

धान दिवस मनाउन धरानका विभिन्न विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई पनि सहभागी गराएका थिए । विद्यार्थीहरुलाई धान कसरी रोपिन्छ भन्ने ज्ञान दिलाउन सहभागी गराएको शिक्षकहरुको भनाई छ । विभिन्न विद्यालयका विद्यार्थीहरुबीच हिले दौड प्रतियोगिता पनि आयोजना भएको थियो । आयोजक संस्थाका अध्यक्ष ईश्वर लामिछानेले किसानहरुलाई प्रोत्साहन गर्न तथा युवाहरुलाई पनि स्वदेशमा व्यवसायिक खेतीमा प्रेरित गर्न धरान रोपाई महोत्सव आयोजना गरिरहेको बताए । 

ropai1

ropai5

ropai6

ropai8

ropai7

ropai10

ropai12

ropai9

ropai11