धरान: धार्मिक तथा ऐतिहासिकस्थल धरान १४ विजयपुरगढीस्थित बालगोपाल मन्दिर सामुन्ने चर्चा निर्माण गरेर धार्मिक सहिष्णुतामा खलल पुर्याउने प्रयास भएको भन्दै रोक लगाउन माग गरिएको छ । 

विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले शुक्रबार मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई ज्ञापन पत्र बुझाउदै निर्माण कार्य रोकेर चर्चलाई स्थानान्तरण गर्न माग गरेको छ । साथै, भविष्यमा पनि विजयपुर क्षेत्रमा कुनै पनि प्रकारको चर्च निर्माण नगर्न नगराउनको लागि समितिले अनुरोध पनि गरेको छ । 

विजयपुर क्षेत्रमा बिशेष गरि हिन्दु धर्मावलम्बीहरुको मठमन्दिरहरुले भरिएको पौराणिक महत्वको क्षेत्र हो । साथै, किरातकालिन इतिहाससँग पनि जोडिएको ठाउँ हो । पछिल्लो समय बालगोपाल मन्दिर नजिकै चर्च निर्माण गरिएपछि हिन्दु धर्मावलम्बी अगुवा तथा संघसंस्थाहरु झस्किएका हुन् । 

भिडियो:

मन्दिर सामुन्ने चर्च हुँदा धार्मिक सद्भाव भड्किने जोखिम भएकोले स्थानान्तरण गराउन उपमहानगरपालिकासँग माग गरिएको संघर्ष समितिका संयोजक जुद्ध लोहनीले बताए । उनले चर्च बनेकोमा आपत्ति भन्दा पनि स्थान उपयुक्त नभएकोले स्थानान्तरण गर्न माग गरिएको बताए । मेयर साम्पाङले चर्च निर्माण गर्ने व्यक्तिहरुलाई सम्पर्क गरेर दुवै पक्षसँग छलफल गर्ने बताएका थिए । 

उक्त चर्चा निर्माण सम्पन्न भएर उद्घाटनसमेत भइसकेको बताइएको छ । तर, उपमहानगरपालिकाबाट भौतिक संरचना निर्माणको अनुमति वा नक्सा पास भने गरेको छैन । भिमकला राईको नाममा भएको जग्गामा साविककै भवन भएको र नक्सा पास मात्र नभएको भनेर उपमहानगरपालिकामा निवेदन दिइएको छ । वडा नं १४ सँग आवासिय प्रयोजनको लागि निजी भवन निर्माण गर्न २ थान रुख कटानको सिफारिश मात्र माग गरेको तर चर्च निर्माणको अनुमतिको लागि निवेदन तथा सिफारिश माग नभएको वडा कार्यालयले जनाएको छ । 

bijaypur charch1
bijaypur charch2
bijaypur charch3