धरान: २०४५ सालदेखि सञ्चालनमा आएको सुनाखरी एकेडेमी धरानको शैक्षिक क्षेत्रमा अग्रणी नाम हो । 

प्ले ग्रुपदेखि कक्षा १२ सम्म पढाई भइरहेको यो स्कुलमा हाल कक्षा ११ र १२ मा मेनेजमेन्ट, कम्प्युटर साइन्स र होटल मेनेजमेन्ट पनि पढाई भइरहेको छ । स्कुलका प्रिन्सिपल मिलनकुमार राईका अनुसार यही असार २९ गते कक्षा ११ को प्रवेश परीक्षा हुदैछ । ‘कक्षा ११ को लागि होटल मेनेजमेन्ट, कम्प्युटर साइन्स र मेनेजमेन्टको प्रवेश परिक्षा हुदैछ,’उनले भने,‘हामी २ सेक्सन चलाउछौं, विदार्थी ३५/३५ मात्र राख्छौं ।’

३४ बर्षे लामो शैक्षिक यात्रा पुर गरेको यो स्कुलले होस्टल सञ्चालनमा ल्याएको छ भने कोर्षलाई आवश्यक पर्ने विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, स्तरीय कम्प्युटर ल्याब पनि छ । यस्तै, शुद्ध र सफा खानेपानीको फिल्टर, नृत्य र संगीतको कक्षाको पनि सुविधा छ । आफ्नै स्कुल बस पनि सञ्चानलमा छ । ‘गुणस्तरीय शिक्षा सँगसँगै हामीले विद्यार्थीको सर्वांगिण विकासमा ध्यान दिदै खेलकुदलाई पनि अघि बढाएका छौं । कराते, डान्स, बास्केटवल, टेवल टेनिस, ब्याण्डमिन्टन, सेपाक ताक्रो खेल पनि छ,’प्रिन्सिपल राईले भने,‘हामीसँग अध्यापनको लामो अनुभव भएका दक्ष शिक्षक, शिक्षिकहरु पनि हुनुहुन्छ ।’