धरान: डेंगुको प्रकोप नियन्त्रणको लागि स्थानीय सरकारले प्रभावकारी कदम नचालेको गुनासो भइरहदा जनता समाजवादी पार्टी धरानले अभियान थालेको छ ।

जसपा धरानले बिहिबार धरानको वडा नं ११ स्थित मंगलबारे चोकबाट डेंगु महामारीको रोकथाम तथा नियन्त्रणको अभियान थालेको हो । पार्टीका नेता, कार्यकर्ताहरुले डेंगु नियन्त्रण तथा रोकथामको उपायहरु छापिएको पर्चासमेत सर्वसाधारणहरुलाई वितरण गरेका थिए । धरानमा वडा नं ११ र १७ का जनता सबैभन्दा धेरै डेंगु प्रभावित भएको कारण अभियान वडा ११ बाट शुरु गरिएको जसपाले जनाएको छ । 

dengu jasapa

जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले डेंगु महामारीकै रुप लिएकोले सचेतना जगाउन खोज तथा नियन्त्रण अभियान शुरु गरिएको बताए । अभियानको क्रममा लार्भा भेटिए नष्ट गर्ने र जनमानसमा जनचेतना फैलाउन पनि उनले बताए । स्थानीय सरकारले एकीकृतरुपमा अभियान चलाउन नसकेको कारणले पार्टीले नै भएपनि अभियान शुरु गरेको उनले बताए । यो अभियान निरन्तर एक सातासम्म जारी रहने पनि जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले बताए ।

भिडियो: