धरान: सुनसरी प्रशासनले आइतबार धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटबाहिरका मेडिकल, ल्याब तथा पोलिक्लिनिकहरुको अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको नेतृत्वमा आइतबार दिउँसो आकस्मिक अनुगमन गरेको थियो । अनुगमनको क्रममा विभिन्न ५ वटा ल्याब तथा पोलिक्निकहरुले दर्ता नविनरण विना सञ्चालनमा रहेको खुलेको थियो । अनुगमन गर्दा सुनसरी प्याथोलोजी ल्याब, दिव्यम पोलिक्लिनिक, विर्तामोड पोलिक्लिनिक, पाँचकन्या पोलिक्लिनिक र अमर पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर विना नवीकरण चलेको पाइएको हो । ती सबैलाई सोमबार १० बजे जिल्ला प्रशासनको मुद्दा फाँटमा सम्पर्कमा आउन निर्देशन पनि टोलीले दिएको छ । 

medical anugaman1

जिल्ला प्रशासनका खतिवडाको नेतृत्वमा रहेको अनुगमन टोलीमा जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक पर्शुराम साह, फार्मेसी सुपरभाइजर अशोक साह, धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखाबाट प्रितिबहादुर राई र विजयकुमार साह सहभागी थिए । जिल्ला जनस्वास्थ्य निरीक्षक साहका अनुसार अनुगमनमा दर्ता नविकरण नगरेका ल्याब तथा पोलिक्लिनकहरुलाई पहिलो चरणमा कानुनी दायरमा आउन आग्रह गरिने बताए । त्यसपछि पनि अटेर गरे कानुनी कारबाही हुने उनले बताए । गृह मन्त्रालयले प्रत्येक जिल्लामा स्वास्थ्य संस्थाहरुको अनुमगन गर्न निर्देशन दिए पछि सुनसरीको १२ वटै पालिकाहरुमा विभिन्न संस्थाहरुको अनुगमन भइरहेको हो ।