धरान: धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न शुक्रबार सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ । 

नागरिक अगुवा, पुर्वजनप्रतिनिधि एवं राजनीतिक दलहरुको आह्वानमा शुक्रबार दिउँसो सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको हो । झरीको बीचमा पनि निस्किएको र्याली भानुचोकमा पुगेर काणसभामा परिणत भएको थियो । र्यालीमा उपमेयर अइन्द्रबिक्रम बेघा, पुर्व सांसद जयकुमार राई, निवर्तमान मेयर तिलक राई, पुर्वमेयर कुमारबहादुर कार्की, पुर्वउपमेयर मीनकुमार सुब्बासहित वडाका जनप्रतिनिधिहरु, राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

उपमेयर बेघाले धरान बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक सहर भएकोले सबै धर्म, सँस्कृति, सँस्कार रमाउन पाउने र सम्मान गरेर बसेको सहरकोरुपमा परिचित भएको बताए । तर, अहिले जातीय, धार्मिक, साँस्कृतिक सद्भावमा तरंग पैदा भएपनि धरान मिलेर बसेको बताए । ‘धरान सबै जाती, भाषा, सास्ँकृतिलाई सम्मान गर्ने सहर हो भन्ने सन्देश दिनको लागि र्याली निकालेका छौं,’ उनले भने, ‘धरान मिलेको छ, मिलेर बसेको छ । जसले धरानमा अतिवादको खेल खेल्छ, त्यसलाई उतै फर्काउनेछौं । सद्भाव भडकाउन दिने छैनौं, सबै एक भएर अघि बढौं ।’

raly1

पुर्वमेयर कुमारबहादुर कार्कीले पनि धार्मिक पक्ष र साँस्कृतिक पक्ष भनिने बीचमा ठुलो भ्रम सृर्जना गरेर खेल खेल्न छद्म भेषमा आएकाहरुलाई परास्त गर्न धरानबासीहरु एकजुट भएको बताए । ‘धरानलाई एक बनाउन, सबै पक्षका धर्म, सँस्कृतिलाई जोगाउन, संरक्षण गर्न र कसैको वहकाउवमा लाग्न हुदैन भनेर सबै पक्षसँग कुरा गर्यौं, उहाँहरुले बुझ्नुभएको र महशुस गर्नुभएको छ,’ उनले भने,‘जसले खेल खेल्न खोजेका थिए, अब सक्दैनन् । धरानमा जे जति काम हुन्छ, यहीको धार्मिक, सास्ँकृतिक समुदाय मिलेर हल गछौं, हामीसँग त्यति क्षमता छ ।’

बाहिरबाट आएर यहाँ कुनै प्रकारको खेल खेल्न चाहन्छ भने तयस्तो विचार, दृष्टकोण फिर्ता लिनुस् । तातेको बेला तपाईहरु कसेको पनि जरुरी छैन । धारन ठिक ठाउँमा आएपछि धार्मिक समुदाय, साँस्कृतक समुदायले आआफ्नो ठाउँमा कार्यक्रम गर्दा हुन्छ । धरान हिजो पनि ठिक ठाउँमा थियो, आज पनि ठिक ठाउँमा छ । सबै जाति, धर्मका समुदाय छौं, एउटै फुलबारीका बगैचा हो धरान । कसेले पनि बाहिरबाट निर्देशन दिएर कोसिस गर्छुभन्छ भने धरानको एकताले निष्क्रिय पार्छ ।