धरान: नेवाः देय दबुको आयोजनामा सोमबार धरानमा वृहत लाखे नाच प्रर्दशनी तथा सुनसरी जिल्लास्तरीय प्रतियोगिता भएको छ ।

नेवाः समुदायको मौलिक जात्रा एवं सँस्कृति संरक्षण, प्रर्वद्धन गर्न साथै मर्यादित, व्यवस्थित बनाउन प्रर्दशनी तथा प्रतियोगिता आयोजना गरिएको दबु धरानका अध्यक्ष मनोहर शाक्यले बताए । भानुचोकमा प्रर्दशनी तथा प्रतियोगिता आयोजना हुनुअघि लाखे नाचसहितको टोलीको र्यालीले धरान बजारको परिक्रमा पनि गरेको थियो । र्यालीमा प्रदेशसभा सदस्य यशोदा कायस्थ, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा पनि सहभागी थिए ।

भिडियो :

जिल्लास्तरीय प्रतियोगितामा धरान, इटहरी, बराहक्षेत्र, रामधुनी, चक्रघट्टी, मधुवनलगायत स्थानहरुबाट १६ वटा लाखेनाच समुहले भाग लिएको थियो । यस्तै विभिन्न स्थानका लाखेनाच समुहले प्रर्दशनीमात्र गरेको थियो । लाखेनाचलाई व्यवस्थित र मर्यादित बनाउन र मौलिक सँस्कृति नयाँ पुस्तालाई बुझाउन, हस्तान्तरण गर्न पनि कार्यक्रम आयोजना गरिएको अध्यक्ष शाक्यको भनाई छ ।

धरानमा २०७२ मा पहिलो पटक पुर्वाञ्चलस्तरीय लाखे नाच प्रर्दशनी आयोजना भएको थियो । जिल्लास्तरीय लाखे नाच प्रतियोगिता भने यसपाली चौथो सँस्करण हो । कार्यक्रममा नेपाल साँस्कृतिक कला मन्दिर चन्द्रगिरी ६, काठमाण्डौंबाट आएको लाखेनाच र इटहरीको नेवा साँस्कृतिक कला पुचः महिला समुहको लाखेनाच बिशेष आकर्षण रहेको थियो । 

clickdharan12

clickdharan10

clickdharan9

clickdharan3

clickdharan13

clickdharan8

clickdharan14

clickdharan16

clickdharan6

clickdharan11

clickdharan7

clickdharan4