धरान: नवदेवी सम्मानबाट कोशी प्रदेशका ९ जना महिलाहरु सम्मानित भएका छन् । 

विगत १६ वर्ष देखि काठमाडांैमा सेलिब्रेटिङ वमन हुडद्धारा संचालित यो अवर्ड कार्यक्रम पहिलो पटक प्रदेश स्तरीय भएको हो । सिप विकास तालिम केन्द्रका अध्यक्ष तथा पूर्व सम्मानित राधीका कार्की थापाले पहिलो एपिसोडको रुपमा कोसी प्रदेशमा नवदेवी सम्मानको शूरुवात गरेकी हुन् । 

ईटहरी लायन्स क्लबमा आयोजित कार्यक्रममा ईलामका नर्सरी उद्यमी रिना घिमिरेले अन्नपूर्ण अवर्डबाट सम्मानित भइन् भने महिला अधिकारका क्षेत्रमा आवाज उठाउदै महिलाहरुलाई संगठित र सशक्त बनाउने उदयपुरकी महिला अधिकारकर्मी नजबुल खान भगवती अवार्डले सम्मानित भइन् । खेल क्षेत्रमा करातेका ब्लाक बेल्ट कुन्ती गुरुङ भवानी अवर्डबाट र महिलामैत्री कर्मचारी कृष्ण अधिकारीलाई दुर्गा अवर्डबाट सम्मानित गरिएको छ । 

nawa devi

यसैगरि, समाजसेवामा समर्पित र सडक मानवको सेवामा तल्लिन शुभद्रा प्याकुरेललाई करुणा अवार्ड प्रदान गरिएको छ भने आफु मात्रै स्वरोजगार नभई धेरै महिलाहरुलाई रोजगार दिन सफल महिला उद्यमी सुधा श्रेष्ठलाई लक्ष्मी अवार्ड र संगीतको क्षेत्रबाट योगदान दिएकी गंगा गौतम महामाया अवार्डबाट सम्मानित भइन् । योग शिक्षाको माध्यबाट समाजमा स्वास्थ्य र सकरात्मक उर्जा फैलाउन निरन्तर लागिपरेकी इटहरीकी बालिका खड्कालाई सरस्वती अवार्ड प्रदान गरिएको छ भने स्वस्थ्य क्षेत्रबाट सामाजिक योगदान दिइरहेका उदाहरणिय जोडी झरना न्यौपाने र बलबहादुर न्यौपानेलाई शक्ति अवर्डबाट सम्मान गरिएको छ । 

nawa devi1

नवदेवी सम्मानबाट हालसम्म पूर्वका १६ जना र देशभरिका १४० जनाले राष्ट्रिय स्तरमा सम्मान पाईसकेको आयोजक राधिका थापाले जानकारी दिइन् । यो सम्मानको परिकल्पनाकार वुमन हुडकी संस्थापक एवं वरिष्ठ समाजसेवी सृर्जना योञ्जन हुन् । विगत १६ बर्षदेखि सामाजिक, आर्थिक, राजनैतिक, शिक्षा तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई नवदेवीका फरक विद्याहरुबाट राष्ट्रिय स्तरमा सम्मान गर्दै आईरहेको योञ्जनले बताइन् । ‘मन्दिरको देवीलाई पुज्दै शिर निहुराउनु भन्दा समाजमा उदाहरणिय काम गरेका महिलाहरुलाई सम्मान गर्न महत्वपूर्ण हुन्छ,’ उनले भनिन्,‘समाजमा विभिन्न क्षेत्रबाट योगदान पुराएका महिलाहरुलाई सम्मान गरेर वहाहरुलाई थप उर्जा र अरुका लागि प्रेरणा दिनका लागि यो सम्मान शुरु गरिएको हो ।’

भिडियो: