धरान: धरान १६ स्थित रंगशालालाई सुविधा सम्पन्न बनाउन निर्माण कार्य थालेको बषौं बितिसक्यो, तर अझै पुर्णता पाउन सकेको छैन । 
राष्ट्रिय खेलकुद परिषद मातहतको उक्त रंगशालालाई चाडो पुर्णता दिन कुनै पनि निकायले ध्यान दिएको देखिदैन । राष्ट्रिय, अन्तराष्ट्रियस्तरको प्रतियोगिता हुने रंगशालामा अहिलेसम्म फुटबल खेलाडी बस्ने प्लेयर बक्ससमेत थिएन । प्रतियोगिताहरु आयोजना हुँदा बाँस र कपडाले बेरेर प्लेयर बक्स तयार गरिन्थ्यो, जसले मिनि ब्राजिल धरानलाई गिज्याइरहेको हुन्थ्यो । 
अब भने रंगशालामा प्रतियोगिताहरु हँुदा बाँसको प्लेयर बक्स बनाउनु नपर्ने भएको छ । हाम्रो धरान भेट्रान फुटबल क्लबले रंगशालामा प्लेयर बक्स निर्माण गरिदिएको छ । उक्त प्लेयर बक्सको सोमबार एन्फा मानार्थ केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष किशोर राई, सुनसरी जिल्ला खेलकुद विकास समिति अध्यक्ष दिपक राई, एन्फा सुनसरी अध्यक्ष नविन राई र धरान वडा नं १० का अध्यक्ष विवेक राईले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात प्लेयर बक्ल जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण पनि गरिएको थियो।

हाम्रो धरान भेट्रान क्लबका अध्यक्ष अशोक राईका अनुसार दोस्रो भेट्रान फुटबल प्रतियोगिता आयोजनाबाट बचेको रकमले प्लेयर बक्स निर्माण गरिएको हो । ‘प्रतियोगिता सञ्चालनपछि बचेको रकमले बनाइदिएका हौं । यसमा १ लाख ८० हजार माथि खर्च भएको छ,’ अध्यक्ष राईले भने । उनका अनुसार प्रतियोगितामा नगरपालिका, वडा कार्यालयसँगै देशविदेशबाट साथीभाईहरुले सहयोग गरेका थिए । त्यसमध्ये पनि धरान फुटबल क्लब हङकङ, वि धराने क्लब सिंगापुर, धरान ११ युके, धरान फुटबल क्लब जापान, धरान फुटबल क्लब कोरियाको बिशेष सहयोग भएको उनले स्मरण गरे ।
भिडियो:
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



