धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन् ।

धरान रन र नेपाल रन युकेको संयुक्त आयोजनामा शनिबार भएको रेसमा पुरुषतर्फ निर्धारित २१ किलोमिटरको दुरी बस्नेतले १ घण्टा ३२ मिनेट २५ सेकेण्डमा पूरा गर्दै प्रथम भए । महिलातर्फ प्रथम भएकी राईले निर्धारित दुरी २ घण्टा २ मिनेटमा पुरा गरिन् । 

पुरुषतर्फ त्रिभुवन आर्मीकै गोविन्द कार्कीले निर्धारित दुरी १ घण्टा ३४ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै दोस्रो भए भने तेस्रो बनेका ताप्लेजुङका रमेश लिम्बुले १ घण्टा ३४ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पुरा गरे । 

trail race5

महिलातर्फ भोजपुर घर भएपनि हाल धरान बसोबास रहेकी कल्पना राईले २ घण्टा ८ मिनेट ४९ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो भइन् भने भोजपुरकी जुलिन राईले २ घण्टा १२ मिनेट २९ सेकेण्डमा पुरा गरेर तेस्रो भइन् ।

रेसमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारसँगै मेडल, प्रमाणपत्र पुरस्कार हात पारे । यसैगरि, भेट्रान पुरुषतर्फ धरानका मंगल तामाङ र महिलातर्फ धरानकै जमुना लिम्बु प्रथम भए । उनीहरुले पनि जनही नगद ५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाए । विजेता खेलाडीहरुलाई धरान रनका अध्यक्ष रमु राई, प्रमुख अतिथी एवं धरानका मेयर हर्क साम्पाङ, नेपाल प्रहरीका एसपी भीम दाहालले पुरस्कार वितरण गरेका थिए ।

trail race6

रेसमा नेपालका विभिन्न जिल्लाका साथै जर्मनी, युके, भारतको दार्जिलिङबाट १ सय ५० धावकधाविकाहरु सहभागी रहेको धरान रन समुहका अध्यक्ष रमु राईले बताए । रेस धरान–१३ स्थित सर्दु खोलाको पुलबाट सुरु भएर धरान–२० स्थित तामाखाम, चिण्डे डाडा, विष्णुपादुका भन्ज्याङ हुँर्दै पुनः सर्दु पुलमा आएर टुङगीएको थियो । 

trail race

trail race7

trail race8

trail race10

भिडियो:

भिडियो: