धरान: नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा सुनसरी बास्केटवल संघ र नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिमले शनिवार मैत्रीपुर्ण बास्केटवल खेलेको छ ।

सुनसरी बास्केटवल संघद्धारा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा सुभकामना आदनप्रदान कार्यक्रम अन्तर्गत मैत्रिपुर्ण खेल खेलिएको थियो । मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटवल संघ ५२–४१ अंकले विजेता भयो । सुनसरी बास्केटवल र सुनसरी पत्रकारले प्रत्येक क्वाटरमा २–८, २३–१०, ७–१३ र २०–१० अंक जोडेको थियो । खेलमा सुनसरी बास्केटवलका तर्फबाट विवेक राईले व्यक्तिगत १६ अंक जोडे ।

मैत्रिपुर्ण खेलमा सुनसरी बास्केटवल टिम नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा र सुनसरी पत्रकार टिम नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईको कप्तानिमा आप्mनो टिम कोर्टमा उतारेका थिए । खेल अघि कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, नेपाल पत्रकार मसासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले सुभकामना मन्तव्य दिएका थिए । मैत्रिपुर्ण खेलमा प्राविधिक सहयोग धरान बास्केटवल संघको रहेको थियो ।