धरान: धरानको वडा नं ५ स्थित अधेरी खोलामा निर्माण भएको सुनसरी जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

आँपटार र ठिंगबारी गाउँको बीचमा रहेको अधेरी खोलामा २३३ मिटर लामो सस्पेन्डेड झोलुङ्गे पुल निर्माण गरिएको छ । यो पुलको शुक्रबार संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र मेयर हर्क साम्पाङले रिबन काटेर उद्घाटन गरेका थिए । प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पुर्वाधार विभाग मातहतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरिदिएको हो । पुलको भारवाहन क्षमता ७० मेट्रिक टन अथवा ५०३ जना मानिसहरुको रहेको छ । 

tiktok resort1

यो पुल १ करोड ८ लाख ४२ हजार ९१५ रुपैया लागतमा निर्माण गरिएको वडा नं ५ का अध्यक्ष मनप्रसाद लिम्बुले जानकारी दिए ।  यो पुल सुनसरी जिल्लाकै लामो झोलुङ्गे भएको भएको उनले बताए। झोलुङ्गे पुल निर्माण भएपछि ठिंगबारी र आँपटार सिधै जोडिएर स्थानीयबासीहरुलाई धेरै सुविधा पुगेको छ । आँपटारका बासिन्दा रमिता राईले आफुहरु धान कुटाउन मिल जानुपर्दा, बच्चाहरुलाई बालबिकास केन्द्र पठाउदा र वडा कार्यालय जादा विगतमा धेरै समस्या भोग्नुपरेको बताइन् । ‘यो पुल बनेर हामीलाई धेरै सहज भएको छ,’उनले भनिन् ।

टिकटक रिसोर्टको पनि उद्घाटन

tiktok resort3

झोलुङ्गे पुलसँगै शुक्रबार ठिंगबारीमा निर्माण गरिएको टिकटक रिसोर्ट पनि उद्घाटन गरिएको छ । मन्त्री राई र मेयर साम्पाङले रिबन काटेर उद्घाटन गरेका थिए । यो रिसोर्ट यम लिम्बु, यम हुक्सा चोङवाङ, सोमा राई र मैना राईको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । 

सञ्चालकमध्ये यम लिम्बुका अनुसार साढे ११ कट्ठामा रिसोर्ट छ । हालसम्म ३ करोड बढी लगानी भइसकेको पनि उनले बताए । रिसोर्टमा हाल काठको रोटेपिङ्ग, केटाकेटीको लागि चिप्लेटी, फोटो खिच्नको लागि सर्पको प्रतिमा पनि राखिएको छ । ‘भविष्यमा अनौठो अनौठो संरचनाहरु पनि बनाउछौं, जसले पर्यटकहरुलाई आकर्षित गर्नेछ,’उनले भने,‘होटल पनि चलाएका छौं ।’ रिसोर्ट उद्घाटन पछि मन्त्री राई, प्रदेश सांसद रमेश बस्नेत, मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले रोटेपिङ चढेर मनोरञ्जन पनि लिएका थिए ।  

tiktok resort7

tiktok resort6

tiktok resort5

भिडियो:

भिडियो: