धरान: हिन्दु धर्मावलम्बीहरुको चाड दशैं भर्खरै सकिएको छ । परिवार, साथीभाइ, आफन्त भेटघाट र रमाइलो गर्ने साथै ठुलाबाट आशीर्वाद लिने दशैंको विशेष परम्परा रहेको छ । 

हिन्दु धर्मावलम्बीहरुको चाड भए पनि वर्षौ देखि देश बिदेशमा रहने सबै समुदायले प्रायः दशै चाड मनाउछन् । सबैको धर्म, सस्कारलाइ सम्मान गर्नु पर्छ भन्ने मान्यता रहेको म र मेरो किराँती परिवारले पनि दशै भब्य रुपमा मनायौ ।

       भेटघाटसङ्गै मिठो परिकार बनाएर खाने चाड समेत हो दशैं । कन्ट्रोल गर्दा गर्दै पनि धेरै मासु, चिल्लो, अमिलो, पिरो भएको परिकार खाइन्छ। दशै सकिए सङ्गै स्वास्थ्यमा ख्याल राख्नेहरुलाई दशैमा खाएको पचाउने चिन्ता लाग्न थाली सकेको छ । म आफै पनि अछुतो रहेको छुँइन । 

bagha khop8

दशैमा खान पचाउन चिन्ता गरिरहनु भएका र हाइकिङ गर्न मनपराउनेहरुको लागि अहिलेको पारिलो मौसममा धरान २० स्थित बाघखोप डाडा उत्कृष्ट गन्तव्य हुन सक्छ । दशैको खाना पचाउनलाइ मात्र होइन, धरानले आफ्नै भर्जिन पर्यटकीय गन्तव्यस्थल बनाउने हो भने धरान बजार देखि करिब १० कि.मि. मात्र टाढा, समुद्री सतह देखि १,३०० मि. उचाइ सम्मको भुभाग भएको बाघखोप उत्कृष्ट हुन सक्छ। 

bagha khop5

बाघ खोपसम्म कच्ची सडक पुगिसकेको छ । यहाँको मौसम पनि चिसो छ । हाइकिङको क्रममा धरानको पुरै क्षेत्र र सुनसरी, मोरङ, झापा जिल्लाको ठाउँहरु नियाल्न सकिन्छ भने सप्तकोशीको मनोरम दृश्य अवलोकन गर्न पनि सकिन्छ। गुराँसको फुल, नासपाती, सुन्तला फल्ने मौसम रहेको बाघखोप क्षेत्रमा चिन्डो डाडा, कोल डाडा र एतिहासिक सुलिकोट घुम्न र हेर्नका लागि गजबको गन्तब्य हुन सक्छ ।

अढाइ घ्ण्टाको हाइकिङमा पुग्न सकिने बाघखोपमा हाल दुई वटा खाजा नास्ता पसल खुलेको छ । बास बस्नको लागि अर्गानिक खान्की सहितको एउटा होमस्टे समेत छ । अग्रिम जानकारी गराए ग्राहकको इच्छा अनुसारको खानपिनको ब्यवस्थापन गर्न सकिने होमस्टेका सन्चालक पदम तामाङ बताउछन् ।

तस्बिर: बिकाश चाम्लिङ राई

bagha khop6

bagha khop7

bagha khop4