धरान: नेपालकै धेरै सहभागी हुने दौड धरान १० के नेवा च्यारिटी रनको १२ औं सँस्करण आगामी फागुन १२ गते हुने भएको छ । 
आयोजक धरान रनले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै दौड आयोजनाको मिति सार्वजनिक गरेको छ । यो सँस्करणमा ३ हजार सहभागी हुने अनुमान गरिएको छ । सोही अनुसार सहभागीहरुलाई चिप टाइमिङ सिस्टम प्रयोग गरेर सही दौड समय मापन गर्न ३ हजार चिप खरिद गरेर प्रयोग गरिने पनि धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए ।
दौडमा सहभागी हुनको लागि आजैबाट दर्ता खुल्ला भइसकेको पनि आयोजकले जनाएको छ । दर्ताको लागि धरान रन समुहको वेभसाइटमा गएर दर्ता गर्ने र इ सेवाबाट शुल्क भुक्तान गर्न सकिने पनि आयोजकको भनाई छ । १२ बर्ष मुनिको समुहको लागि दर्ता शुल्क ४ सय लाग्नेछ भने अन्य समुहको लागि मंसिर २१ गतेसम्म ४ सय, माघ २९ गतेसम्म ५ सय र सो भन्दा पिछ फागुन ५ गतेसम्म ७ सय दर्ता शुल्क लाग्ने पनि अध्यक्ष राईले बताए । समय सकिने बेला मात्र दर्ता गर्ने चलन भएकोले त्यसलाई तोड्नको लागि ढिलाई गर्नेहरुलाई बढी शुल्क लिने निर्णय गरिएको उनको भनाई छ ।
प्रतियोगितामा १६ देखि ३९ बषृभित्रका खुल्ला दौड समुहमा प्रथम, दोस्रो र तेस्रो हुने महिला र पुरुष स्पर्धातर्फ क्रमशः करसहित ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार दिइनेछ । यस्तै, १२ बर्ष मुनिको समुह, १२ बर्षदेखि १५ बर्षसम्मका उमेर समुह र ४० बर्ष माथिका भेट्रान उमेर समुहमा प्रथम, दोस्रो, तेस्रो हुने महिला र पुरुषतर्पm विजेताहरुलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार दिइनेछ । साथै, ६० बर्ष माथिका धावकधाविकालाई आकर्षक पुरस्कार दिइने अध्यक्ष राईले बताए ।
स्थानीय धावकधाविकाहरुलाई प्रोत्साहन गर्न पुरस्कार दिइनेछ भने ह्विल चेयर रेस पनि हुने आयोजकले जनाएको छ । सहभागी सबैलाई टिसर्ट उपलब्ध गराउने र दौड पुरा गर्ने सबैलाई प्रमाणपत्र र आकर्षक मेडल दिने आयोजकले जनाएको छ । समापन समारोहमा खेलकुद तथा समाजमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ। दौड पुतलीलाइनबाट शुरु भएर देशीलाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चोकबाट रेडक्रस भवन, अमरहाट, जिरो प्वाइन्ट, जानकी चोक हुदै रंगशाला पुनः पुतलीलाइन भएर भानुचोकमा समापन हुने आयोजकले जानकारी दिएको छ ।
भिडियो:
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



