धरान: चार दिनअघि काठमाण्डौंबाट पक्राउ परेको हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई तत्काल रिहाई गर्न सुनसरीका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले माग गरेका छन् । 

विभिन्न संस्था तथा व्यक्तिहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनको रिहाईको माग गरेका हुन् । सरकार विदेशी मिशनरीको इशारामा चलेर हिन्दुहरुमाथि बारम्बर निमर्म हुदै गएको पनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । गौ हत्यारालाई कारबाही नगर्नु, पुरात्तात्विक मन्दिरका सामुन्ने चर्च बनिरहदा पनि राज्य मुकदर्शक भएर बस्नुले विदेशी मिशनरीको हितमा राज्य रहेको आशंका पुष्टि हुने पनि विज्ञप्तीमा उल्लेख छ । 

हिन्दु राष्ट्र निर्माण अभियान चलाइरहेका श्रीनिवास विवादास्पद छन् । उनले धार्मिक, सामाजिक सद्भाव भड्किने गरि अभिव्यक्ति दिएको आरोपमा यसअघि पनि पक्राउ परेका थिए । साथै उनी विगतमा आफैलाई गोली हान्न लगाएको अभियोगमा पनि पक्राउ परेका थिए । पछिल्लो समय उनलाई प्रहरीले मंसिर ११ गते काठमाण्डौंको गौशालाबाट पक्राउ गरेको थियो । 

hindu press

hindu press1