धरान: धरान उपमहानगरपालिकाले स्थापना दिवस (धरान डे) मनाउने तयारीमा जुटेको छ ।

पुष २० गते धरानले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । पछिल्लो बर्षहरुमा पुष २०, २१ र २२ गते तीन दिन स्थापना दिवसलाई धरान डे को रुपमा मनाउदै आईरहेको छ । यसपाली पनि पब्लिक स्कुल धरान १२ को मैदानमा धरान उत्सव मनाउने तयारीको लागि मेयर हर्क साम्पाङको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ ।

उत्सवबारे आज (आइतबार) आयोजित बैठकले उत्सवलाई सम्पन्न गर्न मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको जिम्मेवारी बाडफाड गरेको छ । उक्त बैठकले जिम्मेवारी प्राप्त गरेका समितिहरुलाई आगामी आइतबार बस्ने बैठकमा कार्ययोजना पेश गर्न पनि आग्रह गरेको छ ।

उद्घाटन र समापन कार्यक्रमको प्रमुख अतिथि आमन्त्रण गर्ने र सम्मान गर्नुपर्ने व्यक्ति तोक्ने जिम्मेवारीको संयोजक मेयरलाई तोकिएको छ । यस्तै, सम्मान गर्नुपर्ने उत्कृष्ट करदाताहरु छनौट गरि पुष १० गतेसम्म पेश गर्न र कार्यक्रम स्थलमा रहने स्टलहरुको दररेट निर्धारण गर्न उपमेयरलाई संयोजक तोकिएको छ ।

यस्तै, कार्यक्रम अनुगमन तथा सुरक्षा व्यवस्थापनको संयोजकको जिम्मेवारी पनि उपमेयर तोकिएको छ भने स्टल तथा स्टेजको व्यवस्थापन जिम्मेवारी, साउण्ड सिस्टमको व्यवस्थापन, बाल उधान मनोरञ्जनात्मक कार्यक्रमको संयोजक कार्यपालिका सदस्य विकास भाटीलाई तोकिएको छ । कार्यक्रमस्थलको सरसफाइ, अस्थायी शौचालय, वातावरणीय क्रियाकलापसङ्ग सम्बन्धित संघसस्थाको स्टल व्यवस्थापनको संयोजक वडा ११ का अध्यक्ष लोकेन्द्र फागोलाई दिइएको छ ।

यस्तै, अतिथि सत्कार तथा समन्वय, झाकी र्यालीहरुको व्यवस्थापन संयोजक कार्यपालिका सदस्य सृजना नेपाल र महिला संजाल सह संयोजक तोकिएको छ । सहित्यिक कार्यक्रमको आयोजना, प्रचारप्रसारको संयोजक वडा १३ का अध्यक्ष नेत्र काफ्लेलाई जिम्मेवारी तोकिएको छ भने खेलकुद तथा अन्य प्रतियोगिताको लागी वडा १६ का अध्यक्ष मुरारी भट्टराई संयोजक तोकिएको छ । स्वास्थसङ्ग सम्बन्धित कार्यक्रमको संयोजकको जिम्मेवारी कार्यपालिका सदस्य सावित्रा परियार तोकिएको छ । 

यस्तै, झाकी र्यालीहरुको रुट व्यवस्थापन कार्यपालिका सदस्य अनुप देवान संयोजक र आदिवासी जनजाति महासङ्घ अध्यक्ष सुवास हुक्पा चोङबाङ सहसंयोजक तोकिएको छ। यसैगरी लोकदोहरी कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वडा १४ का अध्यक्ष कृष्ण भट्टराईलाई दिइएको छ भने सहकारी क्रियाकलाप, व्यवस्थापन र समन्वयको लागी वडा १५ का अध्यक्ष नरेश इवारम र सहसंयोजक वडा ३ का अध्यक्ष विद्या शाक्य तोकिएको छ । 

प्रचारप्रसार व्यवस्थापन संयोजकमा नेपाल पत्रकार महासंघ सुनसरी र अनलाइन मिडिया अशोसिएशन सहसंयोजक तोकिएको छ। यसैगरि, बेलुकीको सास्कृतिक साङ्गीतिक कार्यक्रम व्यवस्थापन र रस्सीतान प्रतियोगिताको लागि मेयर र उपमेयरको सचिवालयलाई जिम्मेवारी तोकिएको छ । यस्तै, व्यानर फ्लेक्स, निमन्त्रणा कार्डलगायत निर्माणको लागी कार्यपालिका सदस्य बिनिता बज्राचार्यलाई संयोजक तोकिएको छ । यसैगरी उद्योग, व्यापार व्यवसाय प्रदर्सनी व्यवस्थापन तथा समन्वयको जिम्मा सुनसरी उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिइएको छ ।

भिडियो: