धरान: चर्चित एवं वरिष्ठ गायक दीप श्रेष्ठ हिजो (पुष १ गते) ७३ आंै बर्षमा प्रवेश गरे, तर उनको गायन कला तथा क्षमता भने अझै पनि युवा उमेर भन्दा कम छैन । 

आइतबार साँझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा जन्मदिनको केक काटेर लाइभ कन्सर्टमा प्रस्तुती दिदै गर्दा उनी ७३ बर्ष पुगेको आभास हुदैनथ्यो । मेयर हर्क साम्पाङले कोकाहा खानेपानी सहयोगार्थ आयोजित कन्सर्टको स्मरण गर्दै गायक श्रेष्ठबारे भने, ‘जब उहाँ स्टेजमा आउनुभयो, उहाँको स्वरमा नि यस्तो धेरै पञ्च थियो, माहोल नै अर्कै भयो । स्वरमा यति धेरै वापर हुदो रहेछ, उहाँले धेरै साधना गरेर पनि होला ।’

मेयर साम्पाङले कोकाहा कन्सर्टको स्मरण गर्दै भनेको सन्दर्भ हिजोको लाइभ कन्सर्टमा पनि मिल्यो । अडोटोरियम हलमाम सिमित स्रोता, शुभेच्छुकहरुको माझमा गायक श्रेष्ठले हर रात सपनीमा...बोलको गीतबाट प्रस्तुती शुरु गरे । उनका हरेक गीतमा स्रोताहरु मुग्ध बने । गायक श्रेष्ठले गीत गाउनुअघि रचनागार्भ पनि सुनाउदा कन्सर्ट थप रोचक एवं रमाइलो बनेको थियो । 

deep

धरान संगीत प्रतिष्ठान र सिल्भर इन्टरटेनमेन्टद्धारा आयोजित कन्सर्टमा गायक श्रेष्ठले भन्थिन् मेरी उनी..., मेरो आँखामा हरदिन.., साइलीबरी चियाबारीमा.., मेरी मायालु...बोलको गीत गाएका थिए । उनलाई मेरिना राईले जति हासौ भन्छु..बोलको गीतमा साथ दिएका थिए भने छोरी दृष्टि श्रेष्ठसँग पनि मेरो सपनाको सागरमा तिमी..बोलको गीत पनि गाएका थिए । 

निःशुल्क आयोजना गरिएको कन्सर्टमा मेरी मायालु..बोलको गीत गाइसकेर प्रस्तुती सक्न लागेका गायक श्रेष्ठलाई स्रोताहरुले जानै दिएनन् । वान्स मोर..भन्दै दर्शकहरुको हुटिङ नरोकिएपछि उनले म त दुरदेखि आए..बोलको गीत गाएर कन्सर्टको अन्त्य गरे । कन्सर्टको शुरुवातमा धरानका गायक कृष्णराजा श्रेष्ठ, किरण श्रेष्ठ, डा.मञ्जिल श्रेष्ठ, नवराम राई, मनोहर शाक्यले पनि गायक दीप श्रेष्ठको गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

काठमाण्डौंमा बसे पनि गायक श्रेष्ठले धरानलाई माया गरिरहने र जन्मदिन मनाउन धरान आउदा अझ धेरै सम्मान बढेको मेयर साम्पाङले बताए । गायक श्रेष्ठले नेपाली गीत, संगीतको क्षेत्रमा पुर्याएको योगदान शब्दमा बयान गर्न नसकिने पनि उनले बताए ।

कार्यक्रम धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राईको अध्यक्षतामा भएको थियो । अध्यक्ष राईले आगामी दिनमा प्रतिष्ठानको आफ्नै भवनमा दीप श्रेष्ठ ट्रष्ट स्थापना गर्ने र नयाँ पुस्तालाई गीत, संगीतको प्रशिक्षण गराउने योजना रहेको सुनाए । 

गायक श्रेष्ठका गुरुलाई सम्मान

deep17

गायक दीप श्रेष्ठको ७३ औं जन्मदिनको कार्यक्रममा उनका गुरु रामचन्द्र बनेपालीलाई सम्मान गरिएको छ । वीपी प्रतिष्ठानको अडोटरियम हलमा आइतबार साँझ आयोजित दीप श्रेष्ठ लाइभ कन्सर्टमा बनेपालीलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो । 

गुरु वनेपालीलाई धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, मेयर हर्क साम्पाङ, सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठलगायतले दोसल्ला, सम्मान पत्र, नगद प्रदान गर्दै सम्मान गरेका थिए । 

भिडियो:

deep1

deep14

deep19

deep15

deep18

deep4

deep21