धरान : उदयपुरको गाईघाट फुटबल क्लब प्रथम एन्फा प्रेसिडेन्ट कप कोशी प्रदेश यु १५ फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । 

धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा टाइब्रेकरमा अल स्टार क्लब धरानलाई ५–४ गोलअन्तरले पराजित गर्दै गाईघाट च्याम्पियन भएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । 

टाइब्रेकरमा अल स्टार धरानका खेलाडी युक्खुङ लिम्बुको पहिलो प्रहार नै रोहन बुर्जा मगरले रोकेका थिए । त्यसपछिको प्रहार लोकबिक्रम कार्की, असिम राई, करुण थापा र विशु सुनुवारको गोलमा परिणत भएपनि धरान पराजित बन्यो । गाईघाटका खेलाडी अनिष श्रेष्ठ, भरतमोहन कार्की, सुनिल सुरखेती, अविनाश थापा मगर र दिपेन मसरंगीको प्रहार गोलमा परिणत भएको थियो । 

anfa cup1

त्यसअघि, निर्धारित समयको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो भने दोस्रो हाफको खेल शुरु भएको २ मिनेटमै गाइघाटका अरुण अधिकारीले गोल गर्दे टिमलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको इन्जुरी समयमा धरानका विवेक भुजेलले बराबरी गोल गर्दै खेल टाइब्रकेरमा पुर्याएका थिए । च्याम्पियन बनेको गाईघाटले उपाधि ट्रफीसँगै नगद ५० हजार पनि हात पार्यो भने उपविजेता धरानले २५ हजार पायो ।

anfa cup2

फाइनल खेलको म्यान अफ दि म्याच अलस्टारका विवेक भुजेल घोषित भए भने बेष्ट गोलकिपर गाइघाटका रोहन बुर्जा मगर, बेष्ट डिफेन्डर अल स्टारका करुण थापा, बेष्ट मिडफिल्डर राष्ट्रिय जागृति क्लब सुनसरीका एलन जिमी र बेष्ट कोच गाइघाटका किरणकुमार कार्की घोषित भए । उनीहरुलाई नगद २ हजार सहित मेडल, टिसर्ट पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितााको उत्कृष्ट खेलाडी गाइघाटका अरुण अधिकारी घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए । कोशी प्रदेश फुटबल संघको आयोजनामा मंसिर २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुरका १० टिम सहभागी भएको थियो । 

भिडियो: