धरान: तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिता धरानमा शुरु भएको छ । 

डायनामिक युथ क्लवको आयोजनामा धरान १६ रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा शनिवारदेखि प्रतियोगिता शुरु भएको हो । उद्धघाटन खेलमा व्रदस बास्केटवल क्लव विजयी भएको छ। व्रदसले यलम्वर बास्केटवल क्लवलाई ५०–४८ अंकको झिनो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो क्वाटरमा यलम्वर ९–८ र दोस्रो क्वाटरमा १२–८ अंकले अगाडि रहेको थियो । पहिलो हाफमा २१–१६ अंकको अन्तरले अगाडि रहेको यलम्बर मध्यान्तरपछिको तेस्रो र चौथो क्वार्टरमा भने पछि पर्यो । मध्यान्तर पछि व्रदसले लय समाउदै तेस्रो क्वाटरमा १५–१४ र चौथो क्वाटरमा १९–१३ अंकले अग्रता लिएर समग्रमा ५०–४८ अंकको झिनो अन्तरले बिजयी भयो । 

basket2

खेलमा टिमलाई जिताउन उत्कृष्ट प्रदशन गर्दै व्रदसका सर्वधन राईले व्यक्तिगत १८ अंकको योगदान गरे। प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि धरान १६ का वडाका वडाध्यक्ष मुरारी भट्टराई र दिवंगत अशोक वास्फोरका श्रीमति इन्दा्रवति वास्फोरले संयुक्त रुपमा अशोक वास्फोरको तस्विरमा माल्यपर्ण गरी रेफ्रिलाई वल हस्तान्तरण गरेर गरिएको थियो । पुर्व फुटवल खेलाडि रहेका दिवंगत अशोक वास्फोरको स्मृतिमा उनको परिवारले बास्केटवल प्रतियोगिता आयोजना गरेको हो । उनको कान्छा छोरा रवि वास्फोर पुर्व राष्ट्रिय बास्केटवल खेलाडि हुन् । 

आज शनिबार नै भएको अन्य खेलमा विराटनगरले तरहरा स्पोर्टस क्लवलाई ६६–३३, चक्रपथ काठमाण्डौले इटहरिलाई २८–२१, होराइजनले धनकुटालाई ६६–३५, इमोर्टलले मिराकललाई ६९–५७ र रेडडेभिल्सले झापा विर्तामोडलाई २७–२३ अंकको अन्तरले पराजित गरेको छ । खेलमा विराटनगरका वर्दन शाहले २५, चक्रपथका सुजन लामाले ७, होराइजनका अर्मत राईले १८, इमोर्टलका सुजन महर्जनले २९ र रेडडेभिल्सका नितेश वस्नेतले व्यक्तिगत १३ अंक जोडेका थिए ।

basket1 1

अशोक वास्फोरका जेठा छोरा सन्तोस वास्फोरको अध्यक्षतामा संपन्न उद्धघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, कोशि प्रदेश बास्केटवल संघ उपाध्यक्ष रोशन राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, प्रदेश बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, धरान मेघा कलेजका कोअर्डिनेटर चन्द्र वनेम लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैया, उपविजेताले नगद ३० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद ११ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, झापा, मोरङ, धनकुटा, काठमाण्डौ गरि १२ टिमले सहभागिता जनाएको छ ।