धरान: नेवा च्यारिटि फण्ड अन्तरर्गत धरान रन संस्थाले शनिवार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

धरान रनले भानुचोकस्थित आफ्नै कार्यलयमा कार्यक्रम आयोजना गरि १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । धरान रनले कार्यक्रममा उपस्थित १२ जना विद्यार्थीहरुलाई नेवा च्यारिटि अन्तरर्गत छात्रवृत्तिमा पढाइरहेको छ । छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई धरान रनले बर्षमा तीन पटक आवश्यक शैक्षिक सामग्री, पोशाक, जुत्ता, ट्रयाकसुट, छाता लगायत प्रदान गर्दै आएको छ । 

धरान रनले कोषबाट आएको ब्याजको रकमले शैक्षिक सामाग्री खरिद गरि हस्तान्तरण गर्ने गरेको अध्यक्ष रोमु राईले जानकारी दिए । यो पटक २०८० सालमा करिव एक लाख रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरिएको पनि उनले बताए । 

newa1 copy

     धरान रनले २०७५ सालमा नेवा एजुकेशन फण्ड स्थापना गरेको थियो । धरान रनले आयोजना गर्ने १० किलोमिटर नेवा च्यारिटि रन प्रतियोगिताबाट उठेको रकमले नेवा एजुकेशन फण्डको स्थापना गरिएको हो । कोषमा करिव १२ लाख रुपैया रहेको रहेको छ । सोही कोषको ब्याज रकमले शैक्षिक सामग्री वितरण गर्ने गरिएको छ ।

शैक्षिक सामग्री वितरण संगै रनले यहि फागुन १२ गते संपन्न हुन लागेको १२ औ नेवा च्यारिटि १० के रन सफल वनाउन सम्पुर्णमा सहयोगका लागि आह्वान समेत गरेको छ। शैक्षिक सामग्री कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान रन अध्यक्ष रोमु राई, नेपाल फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष विकास चाम्लिङ राई लगायतले वितरण गरेका थिए ।