धरान: धरानमा यही पुष १९ र २० गते “धरान इन्टर कलेज फुटसल टुर्नामेन्ट २०८०” हुने भएको छ ।

आयोजक हाम्रो फुटसलले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो । उक्त प्रतियोगितामा धरानका निजी तथा सामुदायिक कलेजका गरि करिब २५ टिमको सहभागिता रहने आयोजकको भनाई छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता, फेयर टिम तथा म्यान अफ दि म्याचले समेत मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताको समापन कार्यक्रममा ७ औँ दक्षिण एसियाली कराते च्यापियनसिप २०२३ मा धरान, नेपालबाट रजत पदक प्राप्त गर्न सफल साहिल राईलाई सम्मान गरिने प्रतियोगिताका संयोजक सन्दिप गहतराजले जानकारी दिएका छन् ।

 सहभागी खेलाडीहरु प्लस २ देखि स्नातकसम्म अध्ययनरत विद्यार्थी हुनुपर्नेछ । प्रतियोगिता बिहान ८ बजेदेखि हाम्रो फुटसल धरान९८ मा हुने आयोजकले जनाएको छ ।