धरान: धरान १८ स्थित डिपो स्कुलले आफ्नो ६१ औ स्थापना दिवस सोमवार भव्यरुपमा मनाएको छ ।

स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदै आएको डिपोले विद्यालयका उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरेको छ। विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जिव शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीका अभिभावकहरु समेतको उपस्थिति रहेको थियो । 

उत्सवमा विभिन्न स्टलहरु वनाएर विद्यार्थी आफैले निर्माण गरेका विज्ञान, प्रविधि, हस्तकला, पुराना तस्विरहरु, आफैले रचेका कविताहरु लगायत आफ्ना प्रतिभा अवलोकनका लागि आएका पाहुनाहरुलाई प्रर्दशन गराएका थिए । यससंगै विद्यार्थीहरुले उपस्थितिहरुलाई सांस्कृतिक नृत्य प्रस्तुत गर्दै मनोरञ्जन गराए । 

कार्यक्रममा डिपो आर्दश वहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले क्याम्पसका उपलव्धि तथा आगामी कार्ययोजना वारे मन्तव्यको क्रममा जानकारी गराएको थियो ।

depot