धरान: किरात नयाँ सम्बत यले दोङ ५०८४ को अवसरमा आयोजित थ्री बाई थ्री ओपन बास्केटवल प्रतियोगितामा पुरुषतर्फ ब्रदर्श टिम ए र महिलातर्फ धरान मेघा कलेज विजेता बनेको छ । 
भानुचोकस्थित ट्याक्सी स्टेण्डमा शनिबार आयोजित प्रतियोगितामा ब्रर्दश टिम ए ले आफ्नै टिम बिलाई फाइनलमा हराउदै विजेता भएको हो भने महिलातर्फ मिराकल टिमलाई हराउदै मेघा कलेजले उपाधि जितेको हो । फाइनलमा ब्रदर्श ए टिमले ब्रर्दश टिम बीलाई १२–९ स्कोरले हराउदै उपाधि जितेको हो । महिलातर्फ मेघाले मिराकललाई ६–४ स्कोरले हराउदै उपाधिमाथि कब्जा जमायो ।
भिडियो:
विजेता ब्रर्दश ए र मेघा कलेजले उपाधि ट्रफीसँगै नगद १० हजार र मेडल पुरस्कार पाएको छ भने उपविजेता ब्रदर्श बि र मिराकलले नगद ५ हजार, ट्रफी र मेडल पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ मिराकल ए का सर्वधन राई घोषित भए भने महिलातर्फ मेघा कलेजकी डा.आशा राई घोषित भइन् । दुवैले नगद २ हजार ५ सय पुरस्कार पाए ।

विजेता, उपविजेता टिमका खेलाडी, उत्कृष्ट खेलाडीहरुलाई आयोजक धरान बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, सहयोगी किरात राई यायोक्खा सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राई, वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा न. १६ का अध्यक्ष मुरारी भट्टराई, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ल, यायोक्खा सुनसरीका सचिव नविन राई, मजदुर नेता भिम ज्वाला राईलगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
एक दिने प्रतियोगितामा पुरुषतर्फ ३० र महिलातर्फ ९ गरि कुल ३९ टिमले सहभागिता जनाएको थियो । किरातीहरुले माघ १ गतेलाई किरात सम्बतको नयाँ बर्ष यले दोङ मान्दै आएका छन् । यसपाली माघ १ गतेदेखि नयाँ बर्ष यले दोङ ५०८४ शुरुवात हुदैछ ।


 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



