धरान: नेपालका नम्बर वान गल्फर शुक्रबहादुर राई सुर्य नेपाल गल्फ टुर अन्तर्गतको इष्टर्न ओपन गल्फ प्रतियोगितामा च्याम्पियन बनेका छ । 

युवा गल्फर शुक्रले दोस्रो भएका खेलाडी निरज तामाङलाई ५ स्ट्रोकले पछि पार्दै च्याम्पियन भएका हुन् । शुक्र र निरज दुवै धरानका युवा गल्फर हुन् । पार ७० को गल्फ कोर्षमा शुक्रले कुल ३ अण्डर २०७ स्कोर गर्दै उपाधि जिते । उनले पहिलो दिन ३ अण्डर ६७ को कार्ड बनाए भने दोस्रो दिन १ ओभर ७१ र अन्तिम दिन १ अण्डर ६९ को कार्ड बनाएका थिए । 

sukra

दोस्रो भएका निरजले कुल २ ओभर २१२ स्कोर खेले । उनले पहिलो दिन २ अण्डर ६८, दोस्रो दिन १ ओभर ७१ र तेस्रो दिने ३ ओभर ७३ को कार्ड बनाएका थिए । च्याम्पियन बनेका शुक्रले ट्रफीसँगै नगद १ लाख ४० हजार जिते भने दोस्रो भएका निरजले ९६ हजार नगद पुरस्कार जिते । यस्तै, कुल ३ ओभर २१३ स्कोर गरेका भुवन नगरकोटी तेस्रो हुदै नगद पुरस्कार ७२ हजार थापे । 

sukra1

प्रतियोगितामा समान ७ ओभर २१७ स्कोर गरेका रजिन राई, भुवन कुमार रोक्का र रामे मगरले संयुक्त चौथो स्थान हुदै समान ५० हजार ५ सय पुरस्कार हात पारेका थिए । दोस्रो दिनको खेल समाप्ती पछि कट जोगाउन सफल २१ जना खेलाडीहरु अन्तिम दिन स्पर्धा गरेका थिए । कट जोगाउन सफल खेलाडीहरुले प्राप्त गरेको स्थान अनुसार नगद पुरस्कार पाएका थिए । 

यस्तै, एमेच्यारतर्फ युकेबाट प्रतियोगितामा सहभागी हुन आएका धरानका गजेन्द्र गुरुङ च्याम्पियन बने । दोस्रो भएका युवराज भुजेलसँग समान ८ ओभर २१८ स्कोर खेले पनि गुरुङ काउन्ट ब्याकको आधारमा एमेच्योर विजेता बनेका हुन् । 

भिडियो: