धरान: मिराकल थ्री वाइ थ्री एकदिने ओपन बास्केटवल हुने भएको छ ।
मिराकल बास्केटवल क्लबको आयोजना तथा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा प्रतियोगिता हुने भएको हो । शनिबार हुने प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा धरान, विर्तामोड र तरहरा वाट बास्केटवल टिमहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मिराकल क्लवका अध्यक्ष योक राइले जानकारी दिए । बास्केटवल खेल विकास र खेलाडी उत्पादनका लागि क्लवले गत सालदेखि प्रतियोगिताको अयोजनाको सुरुवात गरेको उनले बताए । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



