धरान: नेपालकै धेरै सहभागी हुने मध्येको दौड धरान १० के रन नेवा च्यारिटी रनको १२ औं सँस्करण शनिबार आयोजना हुदैछ । 

आयोजक धरान रनले बिहिबार पत्रकार सम्मेलन गर्दै दौडमा ३६ सयको नाम दर्ता भएको जानकारी दिएको छ । धरान रनमा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि सहभागी हुनेछन् । धावकधाविकाहरुको निम्ति चिप टाइमिङ सिस्टम प्रयोग गरिने संस्थापक अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

धरान रनमा १६ बर्षदेखि ३९ बर्ष भित्रको मुख्य खुल्ला दौडमा प्रथम, दोस्रो, तेस्रो हुने महिला र पुरुष धावकधाविकाहरुलाई क्रमशः करसहित ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार दिइनेछ । १२ बर्ष मुनिका महिला, पुरुषमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार दिइने छ भने १२ देखि १५ बर्ष भित्रका प्रथम, दोस्रो र तेस्रो हुने महिला, पुरुष खेलाडीहरुलाई जनही नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । 

dharan run 2080

यस्तै, ४० बर्ष वा सोभन्दा माथिका भेट्रान दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पनि यो बर्षदेखि नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । यस्तै, ६० बर्ष माथिका धावकधाविकाहरुलाई पनि आकर्षक पुरस्कार दिइने जनाएको छ । धरानका स्थानीय धावकधाविकाहरुलाई प्रोत्साहन पुरस्कार दिइनेछ भने ह्विल चियर रेस पनि आयोजना हुने धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए ।

यसपाली धरानका जनप्रतिनिधिहरु बीचमा पनि छुट्टै प्रतियोगिता आयोजना हुनेछ । पहिलो पटक भएकोले मेयर, उपमेयर र २० जना वडाअध्यक्षहरु सहभागी हुनेछन् भने अर्को बर्षदेखि सबै जनप्रतिनिधिहरुलाई सहभागी गराउने संस्थापक अध्यक्ष राईले बताए । ‘यो पटक २२ जनाको छुट्टै क्याटोगरी बनाएका छौं । अर्को पटकदेखि वडाका ५ जना मध्ये जो प्रथम हुन्छ, त्यो वडालाई विजेता घोषणा हुन्छ,’ उनले भने,‘जनप्रतिनिधिहरुको रनिङ शिल्ड गछौं, ३ पटक जित्ने वडाले शिल्ड लैजान्छ ।’

प्रतियोगिताको पुरस्कार वितरण समारोहमा खेलकुद तथा समाजमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान पनि गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको बिशेष आकर्षण गोर्खा वारियार फिल्मका नायक, नायिका र धरानमा सुटिङ भइरहेको खजुरे ब्रोकी नायिका निती शाह पनि हुनेछिन् । यस्तै, गोर्खा बिग्रेड ब्याण्डको पनि प्रस्तुती हुनेछ । 

भिडियो: