धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लब सेमीफाइनलमा पराजित भएको छ । 

धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न खेलमा साग्रिला मोरङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित भएपछि उपाधि जित्ने आयोजकको सपना तुहिएको छ । टाइब्रेकरमा मोरङले धरानलाई ५–४ गोलअन्तरले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । 

टाइब्रेकरमा धरानका दोर्जे तामाङ, विजय राई, अनिल राई र सुगम गिरीको प्रहार गोलमा परिणत भएपनि पाँचौं तथा निर्णायक प्रहार गरेका मिलन लिम्बुको प्रहार मोरङका गोलकिपर पुर्ण चेम्जोङले रोकेका थिए । मोरङका भने पाँचै जनाको प्रहार गोलमा परिणत भएको थियो । सिमोन लिम्बु, धिरेन क्षेत्री, आदित्य शाक्य, सागर तिरुवा र अशोक खवासले गोल गरेका थिए ।

dharan vs morang1

 खेलको म्यान अफ दि म्याच मोरङका गोलकिपर पुर्ण चेम्जोङ घोषित हुदै नगद १० हजार, ट्रफी र जर्सी पुरस्कार पाए । पहिलो हाफको ३३ मिनेटमा प्रविण भुजेल डबल पहेलो कार्ड पाएपछि धरान १० खेलाडीमा सिमित भएको थियो । भोली बिहिबार प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमीफाइनल खेल एनआरटि काठमाण्डौं र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुने आयोजकले जनाएको छ । 

dharan vs morang2