धरान: छैटौ पानवारी भलिबल कपमा आयोजक सयपत्री बोइज युनियन क्लब र साविक विजेता बाझगरा भलिबल क्लब फाइनलमा प्रवेश गरेका छन् । 

बुधबार भएको सेमिफाइनल खेल जित्दै दुवै टोलीले फाइनलमा भेट पक्का गरेको हो । पहिलो खेलमा आयोजकले बेलबारी नगरपालिकाको टिमलाई ३–२ सेटमा पराजित गरेको थियो । पहिलो र दोस्रो सेट गुमाएको सयपत्रीले खेलमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा तय गरेको हो । 

पहिलो सेट १७–२५ मा गुमाएको सयपत्रीले दोस्रो सेटमा कडा प्रतिष्पर्धा गरेको थियो । दोस्रो सेट २६–२४ ले गुमाउदै खेलमा २–० ले पछि परेको थियो । तेस्रो सेट उत्कृष्ट खेलेको सयपत्रीले २५–१५ को स्कोरमा बेलबारीलाई पछि पा¥यो । चौथो सेट २५–२२ ले जित्दै खेल २–२ को स्थितिमा पु¥याएको थियो । अन्तिम सेटमा उत्कृष्ट खेलेको सयपत्रीले गर्दै १५–९ को अन्तरमा बेलबारीलाई पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच सयपत्रीका विनोद श्रेष्ठ घोषित हुँदै नगद २५ सय पुरस्कार प्राप्त गरे । 

बुधबार नै भएको दोस्रो सेमिफाइनल खेलमा विजयी हुँदै धरानको बाझोगरा भलिबल क्लब फाइनलमा प्रवेश गरेको छ । साविक विजेता समेत रहेको बाझोगराले कोशी प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमकलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ । बाझोगराले २५–१७, २५–१६,  २१–२५ र २५–१३ को सेटमा दमकलाई पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच बाझगराको सन्तोष राई घोषित भए । उनलाई नगद २५ सय पुरस्कार प्रदान गरिएको थियो । फाइनल खेल शुक्रबार दिउँसो २ बजे हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । शनिबारदेखि धरान ६ पानवारीमा शतबार्षिकी महोत्सव आयोजना भइरहेको छ । महोत्सव चैत २ गतेसम्म सञ्चालन हुनेछ ।