धरान: २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको उपाधि न्यू रोड टिम (एनआरटी) काठमाण्डौंले जितेको छ । 

धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोलअन्तरले हराउदै एनआरटि च्याम्पयन भएको हो । एनआरटिका अफिज ओलावाले र सरोज तामाङले गोल गर्दै टिमलाई उपाधि दिलाए । मोरङका उमेश कार्कीले गरेको गोल सान्त्वना मात्र भयो । 

एनआरटिले बुढासुब्बा गोल्डकप दोस्रो पटक जितेको हो । यसअघि १० औं बुढासुब्बा गोल्डकपमा पनि एनआरटि च्याम्पियन भएको हो । त्यसयता धरानमा उपाधि उचाल्न एनआरटिले १६ बर्ष पर्खनु पर्यो । मोरङ भने पहिलो पटक फाइनल खेलेको थियो, तर उपाधि चाल्न सकेन ।

budha subba final1

खेलमा पहिलो हाफको ७ औं मिनेटमा एनआरटिका अफिज ओलावालेले गोल गरेका थिए । तर, पहिलो हाफको ४४ औं मिनेटमा मोरङका उमेश कार्कीले गोल गरेपछि खेल बराबरी भएको थियो । दोस्रो हाफको ५१ औं मिनेटमा सरोज तामाङले एनआरिटको लागि दोस्रो गोल गरेका थिए, र उनको त्यही गोल नै निर्णायक बन्यो । 

एनआरटीले रनिङ ट्रफीसहित नगद १० लाख रुपैया हात पारेको छ भने उपबिजेता मोरङले नगद ५ लाख रुपैया पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका सनम लिम्बु घोषित भए । उनले नगद १ लाख रुपैया पुरस्कार पाएका छन् । प्रतियोगितामा समान २, २ गोल गरेका तीन जना खेलाडीले हाई स्कोररको पुरस्कार बाँडेका छन् । एनआरटीका अफिज ओलावाले र सरोज तामाङसंगै मोरङका उमेश कार्कीले जनही १२ हजारको दरले हाई स्कोररको पुरस्कार बाँडे । 

budha subba final3

प्रतियोगितको बेष्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेष्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेष्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, बेष्ट गोल किपर एनआरटीका पुजन होना, बेष्ट कोच एनआरटीका जीवन सिन्खेमन घोषित हुँदै जनही नगद २५ हजार पुरस्कार पाए । फाइनल खेलको म्यानअफ दि म्याच एनआरटीका पदम भट्टराई घोषित हुँदै नगद १० हजार पुरस्कार पाए । 


budha subba final2

budha subba final5

budha subba final6

budha subba final8

budha subba final9

budha subba final7budha subba final10