धरानः दोस्रो गोर्खा ट्रेल व्लेजर ८.५ किलोमिटर दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राईले उपाधि जितेका छन् । 

 पुरुष तर्फका उपाधि विजेता प्रशान्तले ३१ मिनट ५९ सेकेन्ड र महिला तर्फको उपाधि विजेता जुहि राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गरेका थिए । विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रशान्त यही फागुन १२ गते सम्पन्न १२ औं धरान १० किलोमिटर रन प्रतियोगितामा दोस्रो भएका थिए । 

महिला तर्फका विजेता जुहिले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनी पनि १० किलोमिटर धरान रन प्रतियोगिताका १६ वर्ष मुनिका विजेता खेलाडी हुन् । जुहि भोजपुरवाट प्रतियोगितामा भाग लिनकै लागि धरान आएकी हुन् । 

यसैगरि, पुरुषतर्फ पवन राई दोस्रो र राजकुमार शेर्मा तेस्रो बने । महिलातर्फ इन्द्रकला नेम्वाङ निक्की दोस्रो र सिर्जना राई तेस्रो बनिन् । दोस्रो र तेस्रो उपाधि विजेता महिला पुरुष खेलाडिहरुले क्रमशः जनही नगद १० हजार, ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । चोथौ, पाचौ, छैठौ र सातौ हुने पुरुष र महिला दुवै तर्फका खेलाडिहरुलाई धरान सस्तो मम पसलका प्रोपराइटर निर राईले जनही एक एक हजार रुपैया प्रदान गरेको छ । 

trail

चौथो, पाचौ, छैठौ र सातौ हुने खेलाडीहरुमा क्रमशः पुरुष तर्फ समिर कन्दङवा, विशाल राई, रोदन राइर्, एन्जल राई र महिला तर्फ कल्पना राई, जुलिन राई, छेन्वीमाया राई र विनिता राई भए ।

विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष महेन्द्रकुमार राई, १ न. प्रदेश सदस्य मिना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटि सहमहासचिव पिताम्वर तिम्सिना, २० नं वडाअध्यक्ष पदम लिम्वु, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, धरान १८ वडासदस्य दिलकुमारी राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

 जिवित विर गोर्खा सैनिकको सम्मानमा सम्पन्न दौड प्रतियोगिता धरान १८ स्थित रत्न चौकबाट सुरु भएको थियो । दौड धरान २० माछामारास्थित गोर्खा स्मृति पार्कमा पुगेर समापन भएको थियो । रनमा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, धनकुटा लगायत जिल्लावाट ६ सय जना भन्दा वढिले सहभागिता जनाएको थियो । 

 गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजना, धरान १८ नम्बर वडाको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा दौड आयोजना गरिएको हो । रन सुरु हुन भन्दा अघि प्रदेश सांसद विजय राई, मिना श्रेष्ठ, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, नेपाल ओलम्पिक कमिटि सहमहासचिव पिताम्वर तिम्सिना, समाजसेवि एवं नेपाली कांङग्रेस महासमिति सदस्य सुवास राई र इलाका प्रहरी कार्यलय प्रमूख नवराज मल्ललाई किराति संस्कार अनुसार फेटा गुथेर सम्मान गरिएको थियो । 

दौड प्रतियोगिता संचालनका लागि प्राविधिक सहयोग धरान रन संस्थाले गरेका थिए । ट्रेल रनमा नेपाल पत्रकार मसासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईले उल्टो गतिमा कुदेर दौड पुरा गरेका थिए । नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण वहादुर श्रेष्ठको इतिहास मेटने प्रयास गरेको वताउदै विरोध स्वरुप उल्टो कुदेर दौडमा भाग लिएके बताए । 

trail1 copy

उनले १ घण्टा ४० मिनटमा दौड पुरा गरेका थिए । साङकेतिक विरोध जनाउदै उल्टो कुदेर महासंघ केन्द्र कमिटिलाई ध्यानकर्षण गराएको राईले वताए । महासंघ केन्द्र कमिटिले केहि समय अघि महासंघका अध्यक्षहरुको जिवनी समेटिएर  “अग्रज अनुहार” पुस्तक तयार पारेको थियो । पुस्तकमा संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठको वारे पुस्तकमा कतै उल्लेखै नगरि अन्यलाई संस्थापम अध्यक्षको रुपमा प्रस्तुत गर्दै इतिहास मेट्ने प्रयास गरेपछि पुस्तक लोकापर्णको दिन लोकापर्ण हुन अघि नै नेपाल आदिवासी जनजाति पत्रकार महासंघले विरोध गदै पुस्तक च्यात्दै कार्यक्रम विथोलेका थिए ।