धरान: हजारौंले श्रमदान गरेको र करिब ७ करोडको लागतमा निर्माण भएको कोकाह खानेपानीको पाइपमा डढेलो लागेर लाखौंको क्षति पुगेको छ । 

हिजो (सोमबार) दिउँसो र राती बराहक्षेत्रको पहाडी क्षेत्रको जंगलमा लागेको डढेलोले पाइपमा क्षति पुगेको हो । प्रारम्भिक अनुमानमा बाघ खोला क्षेत्रको जंगलमा दिउँसो मात्र लागेको डढेलोले ७ लाख भन्दा बढीको क्षति पुगेको छ । राती पुनः बराहक्षेत्र १ को जंगलमा लागेको डढेलोले कति क्षति भयो भन्ने यकिन छैन । 

dadhelo

डढेलो लागेर पाइपमा क्षति पुगेको जानकारी पाएपछि सोमबार बिहानै खानेपानी बोर्डको कार्यकारी निर्देशक राजु पोख्रेलसहित टोली मर्मतमा गएको थियो । दिउँसो पुनः अर्को स्थानमा डढेलो लागेको खबर आएपछि मेयर हर्क साम्पाङ बाघ खोला क्षेत्रमा पुगेका थिए । राती पुनः बराहक्षेत्र १ को जंगलमा डढेलो लागेको जानकारी पाएपछि नगर प्रहरीसहितको टोली आगो निभाउन पुगेको थियो । साथै, बराहक्षेत्रका स्थानीय वन उपभोक्ता समुहको टोली, सशस्त्र प्रहरीको चतरा बेसक्याम्पको टोली पनि आगो निभाउन पुगेका थिए । 

kokah pipe1

मेयर साम्पाङका अनुसार क्षति पुगेको पाइप मर्मत गर्न आज खानेपानी बोर्डका कर्मचारी र श्रमदाताको टोली बाघ खोला क्षेत्र जानेछ । मेयर साम्पाङ आफै पनि उक्त टोलीको नेतृत्व गर्नेछन् । खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलका अनुसार डढेलोले पाइपमा क्षति पुगेपछि कोकाहको पानी आपूर्ति रोकिएको छ । कोकाहको पानी वडा नं १७ र ११ का जनताले पिउदै आएका थिए । उनका अनुसार चौबिस घण्टामा ७ लाख लिटर पानी आपूर्ति हुने गरेको थियो । 

भिडियो:

भिडियो:


भिडियो:

भिडियो: