धरान: घाँटी रेटेर हत्या गरिएको अवस्थामा धरान १८ स्थित खोल्सीमा भेटिएको शवको पहिचान खुलेको छ । 

प्रहरीका अनुसार मृतक करिब २१ बर्षकी धरान १६ निवासी सुमना श्रेष्ठ हुन् । उनको हत्यामा संलग्न व्यक्तिको पहिचान पनि खुलिसकेकोले पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईका अनुसार हत्यामा संलग्न व्यक्तिको खोजी कार्य तीब्र पारिएको छ । घटनामा एक भन्दा बढी संलग्न छन्, र उनीहरुको खोजीको लागि अन्य जिल्लामा पनि प्रहरी परिचालन भइसकेको उनले बताए । 

police

बुधबार दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सीमा एक युवतीको शव फेला परेको थियो । शुरुमा मृतक १७, १८ बर्षकी किशोरी भएको अनुमान गरिए पनि उमेर २१ बर्ष भएको खुलेको प्रहरीले जनाएको छ । मृतकको घाँटीमा धारिलो हतियारले रेटिएको र घोप्टो अवस्थामा शव फेला परेको थियो । शव भन्दा केही दुरीमा सानो आकारको खुकुरी पनि भेटिएको थियो । 

dead

भिडियोः