धरान: पाचौं मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिताको प्रि–जज राउण्ड शुक्रबार सम्पन्न भएको छ ।

       धरान १३ अमरहाटस्थित कर्भड हलमा शनिबार प्रतियोगिताको फाइनल राउण्ड हुदैछ । शुक्रबार भएको प्रि–जज राउण्डबाट ५५ केजी तौल समुहबाट ५ जना, ६० केजीबाट ६ जना, ६५ केजीबाट ५ जना, ७० केजी र ७५ केजीबाट ३÷३ जना फाइनल चरणका लागि छनौट भएका छन् । उनीहरुले शनिबार हुने फाइनल चरणमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 

फाइनल चरणमा सबै तौल समुहबाट २२ जना खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडी उपाधिको लागि ओभरअल राउण्डमा भिड्नेछन् । विजेताले नगद एक लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गर्नेछ । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेको हो ।, 

यसैगरि, क्रमशः दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाचौले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका व्यक्तिगत विद्या तर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट, मस्कुलर म्यान र वेस्ट टिम उपाधि विजेताले जनहि नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एलाइनेट जिमका विक्रम लिम्वुले जानकारी दिए।

     प्रतियोगितामा धरान, तरहरा, पथरी, केरावारी, इनरुवा र विराटनगरका खेलाडिहरुको सहभागिता रहेको छ । प्रि–जज राउण्डमा मुख्य जजको रुपमा शिव मुखिया र सहयोगि जजहरुमा हरि धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो । प्रतियोगिता धरान १३ अमरहाट स्थित कभर्डहलमा हुनेछ । गत साल संपन्न चौथो मि। कोशिको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरीले जितेका थिए ।